
लखनऊ, 26 जनवरी : उत्तर प्रदेशको राजधानी लखनऊमा आज 75 औं गणतन्त्र दिवस मनाइयो। यस राष्ट्रि पर्वको अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योग आदित्यनाथले आफ्नो सरकारी आवासमा तिरङ्गाध्वज फहराएर प्रदेशवासीहरूलाई गणतन्त्र दिवसको बधाई दिए।
उनले भने, आज भारतवर्षको गणतन्त्रको 75औं वर्ष पूर्ण भएको छ। स्वतन्त्रताको अमृत महोत्सव कालमा हामीले यो दोस्रो गणतन्त्र दिवस मनाइरहेका छौं जसको तपाईहरू सबैलाई म हृदयबाटै बधाई दिन्छु।
गणतन्त्र दिवसले हामीलाई संविधानप्रति समर्पित हुने प्रेरणा दिन्छ
यस अवसरमा उनले भने, भारतको संविधान विश्वका वृहत संविधानहरूमध्ये एक हो। यहाँका संविधानविद्हरूले यस दिन यसलाई लागू गरे। उनले भने, गणतन्त्र दिवसले हामीलाई संविधानप्रति समर्पित हुने प्रेरणा दिन्छ। हाम्रो हरेक काम देशको नाममा हुनुपर्छ। यस नाताले नेशन फर्स्टलाई मानेर हामीले काम गर्नुपर्छ।
उनले भने, यो भारतको संविधानको महानता हो कि संविधान लागू गर्नका साथै यहाँ लिङ्ग एवं जातिको आधारमा कुनै भेदभाव हुनेछैन। यो संविधानले आफ्नो कर्तव्यप्रति पनि आग्रही बनाउँछ। प्रधानमन्त्री नरेन्द्र मोदीले यसै कुरालाई आत्मसात गर्दै व्यापक कार्ययोजनालाई लिएर अघि बढ़्ने आग्रह गरेका छन्। हामी सबैले यसलाई पालन गऱ्यौं भने आगामी वर्ष 2047सम्ममा भारत दुनियाँका अग्रणी देशहरूभन्दा अघि हुनेछ। हामीले यो याद राख्नुपर्छ कि संविधान हामी सबैको लागि सर्वोपरि छ।
