नयाँ दिल्ली, 18 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का सांसद राम कृपाल यादवले भने, संसदको सुरक्षामा त्रुटिको मुद्दामा विपक्षले राजनीति गर्नु हुँदैन। यादवले सोमवार संसद भवन परिसरमा “हिन्दुस्थान समाचार”- सित बातचित गर्दै भने, यसअघि पनि संसदको सुरक्षामा चूक भएको मामिला अघि आएकै हो। त्यसताक पनि लोकसभा अध्यक्षले मामिलाको जाँच गराएका थिए।
यादवले भने, संसदको सुरक्षाको जिम्मा लोकसभाको हो भन्ने कुरा विपक्षलाई पनि राम्ररी थाहा छ। लोकसभा अध्यक्षले मामिलाको जाँच गराइ पनि रहेका छन्। विपक्षले यसमा सहयोग गर्नुपर्छ र सदनको कार्यवाही सुचारू रूपमा सञ्चालन हुन दिनुपर्छ। उनले भने, विपक्षले यस मामिलामा गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरिरहेको छ जुन माग आधारभूत रूपमा नियम-कानूनविरूद्ध छ। विपक्षले यो कुरालाई बुझ्नुपर्छ।
उल्लेखनीय छ, गत बुधवार लोकसभामा शून्यकाल अवधि दुईजना युवकले दर्शक दीर्घाबाट सदनमा हाम फालेका थिए। यी युवकहरूले आफ्नो जुत्तामा लुकाएर ल्याएको स्प्रे छड़्किएपछि सदनभित्र पहेंलो रङ्गको धुँवा फैलिएको थियो। संसदको सुरक्षामा भएको यस त्रुटिलाई लिएर विपक्षले संसदका दुवै सदनमा खैलाबैला गरिरहेको छ।
हिन्दुस्थान समाचार/उष्णता
