रांची, 17 दिसम्बर (हि.स.)। झारखण्ड पुलिस सहायक एवं कल्याण कोषबाट ती पुलिसकर्मीहरूका लागि राहत राशि स्वीकृत गरिएको छ, जसले उपचारको निम्ति पुलिस मुख्यालयमा आवेदन गरेका थिए। पुलिस सहाय्य एवं कल्याण कोषबाट ती पुलिसकर्मीहरू र उनका निकट परिजनहरूलाई चिकित्साको निम्ति अलग-अलग राशि स्वीकृत गरिएको छ।
यो राशि 10 हजार रूपियाँदेखि लिएर तीन लाखसम्म निर्धारित गरिएको छ। 804 पुलिसकर्मीको आवेदन स्वीकृति भएपछि उपचारको निम्ति 1.72 करोड़ रूपियँको रकम आवंटित गरिएको छ। यस सम्बन्धमा डीजीपीको आदेशमा डीआईजी (बजट) ले सम्बन्धित जिल्लाहरूका एसपीको साथ पुलिसका विभिन्न विङहरूबाट राशि मुक्त गराउने निर्देश दिएका छन्, जहाँ वर्तमान लाभुक पुलिसकर्मी तैनात छन्।
हिन्दुस्थान समाचार/भवानी
