
– मृतकहरूका आश्रितहरूलाई 5 लाख रुपियाँको आर्थिक सहयोग, घाइतेहरूको हुनेछ निशुल्क उपचार
मुम्बई, 15 अक्टोबर (हि.स.)। मुख्यमन्त्री एकनाथ शिन्देले भने, छत्रपति सम्भाजीनगर जिल्ला अधिनस्थ जम्बारगाउँ टोलनाका नजिक समृद्धि हाईवेमा गए राती भएको दुर्घटनाको उच्च स्तरीय जाँच गरिनेछ। यस घटनामा ज्यान गुमाएका मानिसहरूको आश्रित परिवारहरूलाई पाँच-पाँच लाख रुपियाँ सहयोग प्रदान गरिनेछ अनि घाइतेहरूको निशुल्क उपचार गरिनेछ।
मुख्यमन्त्री शिन्देले भने, समृद्धि हाईवेमा भएको घटना अत्यन्त दुःखदायी छ। यस घटनाको सूचना पाउनसाथ उनले सम्बन्धित विभागीय अधिकारीहरूसित बातचित गरे। गए राती भएको दुर्घटनाको उच्चस्तरीय जाँच गराएर दोषीहरूविरूद्ध कड़ा कारबाही गरिनेछ।
उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले उक्त घटनालाई दुःखदायी बताउँदै मृतकका परिवारहरूलाई सरकारको तर्फबाट आर्थिक सहयोग दिइने अनि घाइतेहरूको निशुल्क उपचार गराइने बताए। उनले भने, मामिलाको जाँच गरी दोषीहरूलाई कड़ा सजाय दिइनेछ जसबाट यस किसिमका घटनाहरूको पुनरावृत्तिलाई रोक्न सकियोस्। विधानपरिषद्का नेता प्रतिपक्ष अम्बादास दानवेले आइतवार घटनास्थलको भ्रमण गरे। उनले भने, यस मामिलामा आरटीओको भूमिकाको जाँच गरिनुपर्छ। आरटीओ अधिकारीहरूद्वारा असुली यस घटनाको ठूलो कारण हो। यसरी नै विधानसभामा नेता प्रतिपक्ष विजय बडेट्टीवार, राकंपा अध्यक्ष शरद पवार, सांसद सुप्रिया सुले र शिवसेना सांसद सञ्जय राउतले पनि उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मामिलाको अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।
उल्लेखनीय छ, गए अबेर राती लगभग एक बजे नासिक जिल्लादेखि निफाड तर्फ गइरहेको ट्याम्पो ट्राभलर हाईवेमा जम्बार गाउँ टोल नाका नजिक अचानक सड़क किनारमा राखिएको ट्रकसित ठोक्कियो। ट्याम्पो ट्राभलरमा 35 जना यात्रीहरू सवार थिए जसमध्ये 12 जनाको मृत्यु भयो भने 23 जना घाइते भए।
हिन्दुस्थान समाचार/उष्णता
