नयॉं दिल्ली, 19 अगस्त (हि.स.)। बिहारमा मतदाता सूचीको गहन पुनरीक्षण (एसआईआर) लाई लिएर विपक्षी इण्डी गठबन्धनका सांसदहरूले संसद भवन परिसरमा प्रदर्शन गरे। यसमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, प्रियंका गॉंधी, केसी वेणुगोपाल, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र अवधेश प्रसाद सिंह लगायत अन्य विपक्षी नेताहरू सामेल भए।
कांग्रेस अध्यक्ष एवं राज्यसभामा नेता प्रतिपक्ष मल्लिकार्जुन खरगेले पत्रकारहरूसॅंग कुराकानी गर्दै भने, चुनाउ आयोगले विपक्षी नेताहरूलाई डराउन र धम्क्याउने प्रयास गरिरहेको छ, जुन उसको अधिकार क्षेत्रभन्दा बाहिर छ। चुनाउ आयोग आफ्नो संवैधानिक जिम्मेदारीहरूबाट भाग्न सक्दैन र उसले निष्पक्ष जॉंच गर्नुपर्छ।
उनले भने, स्वतन्त्र एवं निष्पक्ष चुनाउ प्रक्रियामाथि गम्भीर प्रश्न उठेका छन्। चुनाउ आयोगले विपक्षीहरूलाई डर देखाउनुको सट्टामा तथ्यहरूको जॉंच गर्नुपर्छ। यो केवल एक राजनीतिक आन्दोलन होइन, तर भोटको अधिकारको रक्षाको लडाई हो, जुन संसददेखि सडकसम्म जारी रहनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी
