गुवाहाटी, 26 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार विधानसभामा आफ्ना सहयोगी तथा राज्यका मन्त्री बिमल बोरालाई उनको जन्मदिनमा हार्दिक शुभकामना दिए। मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, बोराले असमको सांस्कृतिक पहिचानलाई राष्ट्रिय मञ्चमा सशक्त ढंगमा स्थापित गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।
मुख्यमन्त्रीले भने, ‘मेगा बिहु’-देखि लिएर ‘सांस्कृतिक महासंग्राम’-सम्म बोराले विभिन्न पहलहरूको माध्यमबाट प्रदेशको सांस्कृतिक धरोहरलाई नयाँ उचाईँमा पुऱ्याएका छन्। उनले निवेशकहरूको लागि असमलाई एक आकर्षक गन्तव्य बनाउनमा पनि उल्लेखनीय योगदान दिएका छन्।
डा. सरमाले माँ कामाख्या औ महापुरुष श्रीमन्त शंकरदेवसित बोराको सुवास्थ्य एवं दीर्घायुको निम्ति प्रार्थना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
