• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > (लीड) लोकतान्त्रिक मार्ग नै परिवर्तनको निम्ति एक मात्र उपयुक्त मार्ग हो: संघ
National

(लीड) लोकतान्त्रिक मार्ग नै परिवर्तनको निम्ति एक मात्र उपयुक्त मार्ग हो: संघ

CliQ INDIA
Last updated: October 3, 2025 6:55 am
CliQ INDIA
Share
6 Min Read
SHARE

नागपुर, 02 अक्टोबर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का सरसंघचालक डा. मोहन भागवतले हिंसा कुनै पनि समस्याको समाधान हुन नसक्ने बताएका छऩ्। उनले भने, यदि समाजमा व्यापक परिवर्तन ल्याउने हो भने यो केवल लोकतान्त्रिक माध्यमबाट प्राप्त गर्न सकिन्छ। आफ्नो लगभग 40 मिनटको भाषणमा डा. भागवतले समाजमा भइरहेका परिवर्तनहरू, छिमेकी देशहरूमा अशान्ति, अमेरिकी शुल्क, सरकारहरूको मनोवृत्ति र सार्वजनिक अशान्ति लगायत धेरै महत्त्वपूर्ण मुद्दाहरूमाथि आफ्नो कुरा राखे।

डा. भागवतले बिहीवार यहाँको रेशिमबाग मैदानमा संघको स्थापनाको 100औं वार्षिकोत्सवको अवसरमा आयोजित विजयादशमी समारोहलाई सम्बोधित गरिरहेका थिए। डा. भागवतसँगै मञ्चमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, विदर्भ प्रान्त संघचालक दीपक तमशेट्टीवार, प्रान्तका सह-संघचालक श्रीधरजी गाडगे र नागपुर महानगर संघचालक राजेश लोया उपस्थित थिए।

समाजमा जानीबुझी घृणा र वैमनस्य फैलाइएकोमा चिन्ता व्यक्त गर्दै संघ प्रमुख डा. भागवतले भऩे, पूजास्थलको अपमान, महापुरुषहरूको बदनाम र कानून आफ्नै हातमा लिएर समाजलाई तोड्ने षड्यन्त्र भइरहेको छ। यी घटनाहरू पूर्वनियोजित छन् र विशिष्ट समुदायलाई उक्साउन गरिन्छन्। यस्तो पासोमा पर्नु राष्ट्रिय हित विरुद्ध हो। श्रीलंका, बंगलादेश र नेपाल जस्ता देशहरूमा शासन परिवर्तनको लागि भएका हिंसात्मक घटनाहरूको उल्लेख गर्दै डा. भागवतले भारतमा पनि अस्थिरता फैलाउने शक्तिहरू सक्रिय रहेको बताए, जसलाई समयमै पहिचान गरी रोक्नु आवश्यक छ। छिमेकी देशहरूमा शान्ति र स्थिरता कायम गर्नु भारतको समृद्धिको लागि अत्यन्त महत्त्वपूर्ण छ।

उनले भने, हिन्दू, हिन्दवी, भारतीय, आर्य – यी सबै पर्यायवाची शब्द हुन् तर हाम्रो राष्ट्रिय पहिचानलाई सबैभन्दा स्पष्ट रूपमा प्रतिबिम्बित गर्ने शब्द हिन्दू हो। हाम्रो राष्ट्र राज्यको सीमामा आधारित छैन तर संस्कृतिको आधारमा निर्माण गरिएको हो। राज्यहरू आउँछन् र जान्छन्, तर राष्ट्र टिक्छ। त्यसैले हाम्रो राष्ट्र अनादिकालदेखि नै हिन्दू राष्ट्र रहेको छ।

22 अप्रेल 2025 मा पहलगाममा पाकिस्तानका आतङ्कवादीहरूले 26 पर्यटकको धर्मको आधारमा क्रूर हत्या गरिएको घटनामा डा. भागवतले भने, यो आक्रमणले सम्पूर्ण राष्ट्रलाई शोक, दुःख र आक्रोशमा डुबायो। प्रतिक्रियामा भारत सरकारले एक सुनियोजित कारबाही गर्योू। यस घटनाले हामीलाई सिकाएको छ कि हामी सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न सक्छौं, तर हामीले आफ्नो सुरक्षाको बारेमा सतर्क रहनुपर्छ। यस घटनापछि हामीले कुन देशहरू भारतका साँचो मित्र हुन् र कुन देशहरू यसका शत्रु हुन् भनेर पनि देख्यौं।

आत्मनिर्भर भारत समयको माग

महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा भागवतले भने, गान्धीजी स्वतन्त्रता संग्रामका प्रमुख शिल्पकार थिए। स्वतन्त्र भारतको आत्मनिर्भर विकास दृष्टिकोणमा उनको योगदान महत्वपूर्ण रहेको छ। अमेरिकाको व्यापार नीतिहरूको उल्लेख गर्दै भागवतले भने, आज संसार अन्तरनिर्भर छ तर आत्मनिर्भरता बिना अगाडी बढ्ने कुनै बाटो छैन। उनले स्वदेशी सामानको प्रयोग र आत्मनिर्भर भारतको अवधारणालाई समयको आवश्यकता बताए।

शाखा- नेतृत्व, चरित्र र देशभक्तिको पाठशाला

संघका शाखाहरू केवल शारीरिक प्रशिक्षणको माध्यम मात्र होइनन्, बरु राष्ट्रियता, नेतृत्व, चरित्र निर्माण र देशभक्तिको संगम हुन्। जब समाज व्यवस्थित हुन्छ, तब यसलाई कुनै अवतार, नेता वा सरकारमाथि निर्भर रहनु पर्दैन। समाजले आफ्नै शक्तिद्वारा परिवर्तन ल्याउँछ। डा. भागवतले संघको प्राथमिक उद्देश्य राष्ट्रको सबै जिम्मेवारीहरू आफैले वहन गर्नसक्ने समाज सिर्जना गर्नु रहेको बताए। यसका लागि व्यक्ति र राष्ट्रको चरित्र निर्माण आवश्यक छ। यही मूल्यहरू शाखामा प्रदान गरिन्छ।

भारतलाई बनाउनुछ विश्वगुरू

संघ प्रमुख भागवतले भने, भारतीय संस्कृति भनेको वसुधैव कुटुम्बकमको भावनालाई जीवित राख्ने संस्कृति हो। यो संस्कृतिले कहिल्यै हामी र उनीहरू को मानसिकतामा विश्वास गर्दैन। त्यसैले, एकताबद्ध भएर भारतलाई फेरि एक गौरवशाली राष्ट्र बनाउनु र विश्वलाई नयाँ दिशा प्रदान गर्नु हिन्दू समाजको कर्तव्य हो। संघले यी कार्य गत 100 वर्षदेखि गर्दै आएको छ।

संघमा छैन कुनै जातिय भेदभाव- पूर्व राष्ट्रपति कोविन्द

पूर्व राष्ट्रपति रामनाथ कोविन्दले भने, संघमा जातको आधारमा भेदभाव हुँदैन र संघ सामाजिक एकताको पक्षमा रहेको छ। उनले आफ्नो जीवनमा डा. हेडगेवार र बाबासाहेब भीमराव अम्बेडकरको योगदानलाई महत्त्वपूर्ण बताए। 1949 मा संविधान सभामा बाबासाहेबले गरेको सम्बोधनलाई उल्लेख गर्दै उनले भने, उनको सोच र संघको सोचमा समानता छ, जहाँ एकता हुन्छ, त्यहाँ पहिचान हुन्छ; जहाँ विभाजन हुन्छ, त्यहाँ पतन हुन्छ।

कोविन्दले भने, सन् 1991 को आम चुनाउमा मैले संघको विचारधारा र स्वयंसेवकहरूलाई भेट्ने अवसर पाएको थिए। त्यो चुनावी अभियानको क्रममा मलाई समाजका विभिन्न वर्गहरूलाई भेट्ने अवसर प्राप्त भयो।

आज पनि समाजका धेरै मानिसहरूलाई थाहा छैन कि संघमा कुनै प्रकारको पनि छुवाछुत वा जातिय भेदभाव छैन। यस सन्दर्भमा म 2001 मा लाल किल्ला परिसरमा आयोजित दलित संगम र्याछलीको उल्लेख गर्न चाहन्छु। केही मानिसहरूले अटलजीलाई दलित विरोधी भनेर बदनाम गर्थे। अटलजीले भनेका थिए, हामी अम्बेडकरवादी हौं। भीम स्मृति भनेको भारतको संविधान हो। हाम्रो सरकारले मनु स्मृतिको आधारमा काम गर्दैन। हाम्रो सरकारले भीम स्मृति अर्थात् भारतको संविधानमा काम गर्नेछ। राष्ट्रपति पदको कार्यभार सम्हाल्दा, मैले संवैधानिक मूल्य, बाबा साहेबको मूल्यलाई प्राथमिकता दिए।

पूर्व राष्ट्रपति कोविन्दले भने, विजयादशमीको सबैलाई हार्दिक शुभकामना। आज महात्मा गान्धी र लाल बहादुर शास्त्रीको जन्मजयन्ती हुनु एउटा सुखद संयोग हो। यस अवसरमा म उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। सबैभन्दा ठूलो स्वयंसेवी संस्थाको शताब्दी समारोह आयोजना भइरहेको छ। मलाई बाबा साहेबको दीक्षास्थलको भ्रमण गर्ने सौभाग्य प्राप्त भयो। म डा. हेडगेवार, श्री गुरुजी र रज्जु भैयाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। डा. हेडगेवारले संगठनको बीउ रोपे, गुरुजीले यसको जरा बलियो बनाए र रज्जु भैयाले आर्थिक परिवर्तनको बीच संघलाई मार्गदर्शन गरे। कोविन्दले थप भने, डा. हेडगेवार र डा. अम्बेडकरले उनको जीवनलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

‘हलाल सर्टिफिकेट’ दिने व्यवसायीहरूमाथि मुख्यमन्त्री योगीले लगाम कस्ने
कोलकाता ल छात्रा सामुहिक दुष्कर्ममा भाजपा टीमले नड्डालाई सुम्प्यो रिपोर्ट
राष्ट्रिय उर्जा संरक्षण दिवसमा नितिन गडकरी, मनोहर लाल, प्रहलाद जोशी, हर्ष मल्होत्रा समेत तमाम नेताहरूले अनावश्यक अपव्यय रोक्ने अपील गरे
मणिपुरमा हतियारहरूको भण्डार जफत, उग्रवादी क्याडर र ड्रग तस्कर पक्राउ
केन्द्रद्वारा राज्यहरूलाई व्यावसायिक एलपी ग्यास कोटा वृद्धि, पीएनजी संक्रमणका बीच ढाबा र होटललाई प्राथमिकता।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article लोहरदगामा विजय दशमीको पर्व उत्साह पूर्वक मनाइयो
Next Article नशाविरूद्ध अभियानः बड़गाममा महिन्द्रा थार सवार तस्कर समातियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?