– राष्ट्रविरोधी गतिविधिहरूमा खर्च भइरहेको छ कमाई, लखनऊ कमिश्नरेटमा दर्ता भयो एफआईआर
लखनऊ, 19 नोभेम्बर (हि.स.)। कुनै प्रकारको अधिकार बिनै खानपान एवं सौन्दर्य प्रसाधनका उत्पादहरूलाई अवैध ढङ्गले ‘हलाल सर्टिफिकेट’ दिने व्यवसायीहरूमाथि अब मुख्यमन्त्री योगी आदित्यनाथले लगाम कस्ने भएका छन्। धर्मको आड़मा एक धर्म विशेषलाई भ्रममा पार्ने तथा अन्य धर्महरूबीच विद्वेश सृजना गर्ने कुत्सित प्रयासलाई मुख्यमन्त्री योगी आदित्यनाथले संज्ञानमा लिएर कठोर कारबाही गर्ने निर्देश दिएका छन्।
किर्ते कागजपत्रको सहारा लिएर हलाल सर्टिफिकेटको नाममा सङ्ग्रह भएको अवैध कमाईबाट आतङ्कवादी सङ्गठन अनि राष्ट्रविरोधी गतिविधिहरूलाई वित्तपोषण गरिँदैछ भन्ने आशंका व्यक्त गरिएको छ। अब यस सम्बन्धमा लखनऊ कमिश्नरेटमा एफआईआर पनि दर्ता गरिएको छ।
एफआईआर अनुसार हलाल इण्डिया प्राइभेट लिमिटेड चेन्नई, जमियत उलेमा हिन्द हलाल ट्रष्ट दिल्ली, हलाल काउन्सिल अफ् इण्डिया मुम्बई, जमियत उलेमा महाराष्ट्र मुम्बई आदिद्वारा एक धर्म विशेषका ग्राहकहरूलाई धर्मको नाममा केही उत्पादहरूलाई हलाल प्रमाण पत्र प्रदान गरी उनीहरूको बिक्री बढ़ाउनका लागि आर्थिक लाभ लिएर अवैध धन्धा चलाइँदैछ।
यी कम्पनीहरूसित कुनै पनि उत्पादलाई प्रमाण पत्र दिने कुनै अधिकार छैन। उक्त कम्पनीहरूले किर्ते प्रमाणपत्र तयार गरी आर्थिक लाभ लिएर विभिन्न कम्पनीहरूलाई हलाल प्रमाण पत्र उपलब्ध गराइरहेका छन्। यसले सामाजिक विद्वेष बढ़ाउने काम त गर्छ नै अझ जनास्थाप्रति धोका पनि हो।
सिकायतकर्ताले यो एउटा ठूलो षड़यन्त्र हुनसक्ने शङ्का व्यक्त गर्दै भनेका छन्, जुन कम्पनीहरूले यस्तो हलाल प्रमाण पत्र यिनीहरूबाट हासिल गरेका छन्, तिनीहरूको उत्पादनलाई घटाउने प्रयास पनि गरिँदैछ जुन एउटा आपराधिक कृत्य हो। आशङ्का छ, यसरी हासिल गरेको अनुचित लाभलाई समाज विरोधी/राष्ट्र विरोधी तत्वहरू समक्ष पुऱ्याइँदैछ।
विशेष कुरा के हो भने शाकाहारी उत्पादहरू जस्तै तेल, साबुन, टुथपेस्ट, मह आदिको बिक्रीको लागि पनि हलाल प्रमाण पत्र प्रदान गरिँदैछ। जबकि शाकाहारी वस्तुहरूमाथि यस्तो कुनै प्रमाण पत्रको आवश्यक्तै पर्दैन। यसबाट स्पष्ट हुन्छ कि एक समुदाय विशेष एवं उनीहरूको उत्पादहरूविरूद्ध षड़यन्त्र रचिँदैछ।
कायतकर्ताको आरोप छ, धर्मको आड़मा एक वर्ग विशेषमाझ यस्तो प्रचार पनि गरिँदैछ कि यिनीहरूको कम्पनीद्वारा हलाल प्रमाणपत्र नदिइएका उत्पादहरूलाई प्रयोग नगरौं। परिणामस्वरूप अन्य समुदाय विशेषको व्यावसायिक हित प्रभावित भइरहेको छ। सिकायतकर्ताले यस्ता मानिसहरूद्वारा करोड़ौं रुपियाँको अनुचित लाभ कमाएर त्यसबाट आतङ्कवादी सङ्गठन अनि राष्ट्रविरोधी गतिविधिहरूलाई वित्तपोषण गरिरहेको आशङ्का पनि व्यक्त गरेका छन्।
बताइन्छ, खानपानका उत्पादहरूको गुणस्तर आदिको प्रमाण पत्रको लागि एफएसएसएआई र आईएसआई जस्ता संस्थाहरूलाई अधिकृत गरिएको छ।
हिन्दुस्थान समाचार/उष्णता
