भोपाल, 17 नोभेम्बर (हि.स.)। मध्यप्रदेशमा शुक्रवार बिहान विधानसभा चुनाउको लागि मतदान शुरू भएपछि केही क्षेत्रहरूमा हिंसा भएको सूचना प्राप्त भएको छ। छतरपुरमा कङ्ग्रेस उम्मेद्वार विक्रमसिंह नातीराजाका एक समर्थकको मृत्यु भएको जानकारी छ। तिनी नातीराजाका वाहन चालक थिए। केन्द्रियमन्त्री नरेन्द्रसिंह तोमरको विधानसभा क्षेत्र दिमनीमा पनि गोली चलेको जानकारी छ। अटेरमा सृजित तनाउनलाई मध्यनजर गर्दै प्रशासनले भाजपा अनि कङ्ग्रेस उम्मेदवारहरूलाई नजरबन्द गरेको छ।
भनिन्छ, मुरैना जिल्लाको सुमावली विधानसभा क्षेत्रस्थित भैंसरोलीमा केही उपद्रवीहरूले ग्रामीणहरूलाई मतदान गर्नदेखि रोके जसले गर्दा त्यहाँ मतदान नै रोकियो। सूचना पाएर कलेक्टर अङ्कित आस्थाना घटनास्थलमा पुगे। यहाँको स्थिति तनाउपूर्ण छ। भिण्ड जिल्लाको अटेरबाट भाजपा उम्मेदवार अरविन्द भदौरियालाई प्रशासनले नजरबन्द गरेको छ। यस अतिरिक्त अटेरबाट कङ्ग्रेस उम्मेद्वार हेमन्त कटारे र उनका दाज्यु योगेश कटारेलाई प्रशासनले सुरपुरा रोडमा जलपुरीस्थित एक निजी गार्डनमा नजरबन्द गरेको छ। प्रशासनले मीडियालाई समेत उनीहरू समक्ष पुग्न दिएको छैन।
राज्यको छतरपुर जिल्ला अन्तर्गत राजनगर विधानसभा क्षेत्रमा सलमान खानलाई कारले कुल्चियो। तिनी कङ्ग्रेस उम्मेद्वार विक्रम सिंह नाती राजाका समर्थक औ ड्राइभर हुन्। मामिला थानामा पुगिसकेको छ। अहिले यस मामिलामा एफआईआर दर्ता गरिएको छैन। कार कुनै भाजपा समर्थकको रहेको बताइँदैछ।
केन्द्रियमन्त्री नरेन्द्रसिंह तोमरको दिमनी विधानसभा क्षेत्रको मिरघान पोलिङ्ग बूथमा दुई गुटमाझ भएको फायरिङ्गमा दुईजना मानिसहरू गम्भीर रूपमा घाइते भएको सूचना प्राप्त भएको छ। घटनास्थलमा पुलिस पुगिसकेको छ। यद्यपि पुलिसले यसको पुष्टि गरेको छैन। मतदान केन्द्र 148 -मा दुई पक्षमाझ ढुङ्गामुड़ा भएको जानकारी छ। सर्राफा बजार स्कूलमा ईभीएम खराब भएको कारणले मतदान नै रोकियो। यसरी नै ईभीएम खराब भएको कारणले पद्मा राजे कन्या स्कूलमा मतदानको प्रक्रिया लगभग 40 मिनटपछि शुरू भयो।
हिन्दुस्थान समाचार/उष्णता
