• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > महिला पत्रकारहरूलाई आमन्त्रण नगरेको विवादमा अफगान विदेशमन्त्रीको स्पष्टीकरण
National

महिला पत्रकारहरूलाई आमन्त्रण नगरेको विवादमा अफगान विदेशमन्त्रीको स्पष्टीकरण

CliQ INDIA
Last updated: October 13, 2025 4:00 am
CliQ INDIA
Share
2 Min Read
SHARE

– आमिर खान मुत्ताकीले दुई दिनभित्र दोस्रो पटक अफगान दूतावासमा पत्रकार सम्मेलन गरे

नयाँ दिल्ली, 12 अक्टोबर (हि.स.)। अफगानिस्तानका विदेश मन्त्री आमिर खान मुत्ताकीले दुई दिनभित्रै दोस्रो पटक पत्रकार सम्मेलन गरेका छन्। आइतबार दिल्लीस्थित अफगान दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले शुक्रबारको पत्रकार सम्मेलनमा महिला पत्रकारहरूलाई आमन्त्रण नगरेको विवादमा आफ्नो पक्ष स्पष्ट पारे।

मुत्ताकीले भने, “महिला पत्रकारहरूलाई बोलाइएन भन्ने कुरा कुनै योजनाबद्ध बहिष्कार होइन। सूचना अत्यन्त छोटो समयमा दिइएको र सहभागीहरूको सूची सीमित भएको कारण यस्तो परिस्थिति बनेको हो।” उनले स्पष्ट पारे कि यो प्राविधिक त्रुटिका कारण भएको हो, र यसमा भेदभावको कुनै उद्देश्य थिएन।

आजको पत्रकार सम्मेलनमा महिला पत्रकारहरू पनि उपस्थित थिए। मुत्ताकीले थपे, “आयोजकहरूले केही चयनित पत्रकारहरूलाई मात्रै बोलाएका थिए, त्यसैले गलत बुझाइ भयो।”

महिलाको अधिकारसम्बन्धी प्रश्नमा मुत्ताकीले भने, “तालिबान सरकारले महिलाको शिक्षालाई धार्मिक रूपमा ‘हराम’ घोषणा गरेको छैन।” उनका अनुसार, अफगानिस्तानमा हाल १ करोड विद्यार्थी शिक्षारत छन्, जसमा करिब २८ लाख छात्राहरू समावेश छन्। उनले बताए, अफगान सरकारको सम्बन्ध विश्वभरका उलेमा र मदरसाहरूसँग छ, जसमा भारतको देवबन्द पनि समावेश छ।

उल्लेखनीय छ, अघिल्लो पत्रकार सम्मेलनमा महिला पत्रकारहरूको प्रवेशमा रोक लगाइएको भन्दै भारतमा विरोध भएको थियो। काँग्रेस नेतृ प्रियंका गान्धीले एक्स पोस्टमार्फत प्रश्न गर्दै लेखेकी थिइन् कि केन्द्र सरकारले स्पष्ट गर्नुपर्छ, तालिबान प्रतिनिधिको भारत यात्राको क्रममा आयोजित पत्रकार सम्मेलनबाट महिला पत्रकारहरूलाई किन हटाइयो?

राहुल गान्धीले पनि प्रियंकाको पोस्ट शेयर गर्दै लेखेका थिए, “जब महिला पत्रकारहरूलाई सार्वजनिक मञ्चहरूबाट अलग गरिन्छ, तब सरकार भारतकी प्रत्येक महिलालाई सन्देश दिन्छ कि ऊ उनीहरूको अधिकारको रक्षा गर्न असमर्थ छ।”

यस विषयमा भारतको विदेश मन्त्रालयले स्पष्टीकरण दिँदै भनेको थियो, उक्त पत्रकार सम्मेलनमा भारत सरकारको कुनै भूमिका थिएन, यो कार्यक्रम पूर्ण रूपमा अफगान पक्षद्वारा आयोजना गरिएको हो।

जानकारीअनुसार, विदेश मन्त्री आमिर खान मुत्ताकी ९ देखि १६ अक्टोबरसम्म भारत भ्रमणमा छन्। १० अक्टोबरमा उनले विदेश मन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए, जसमा दुवै पक्षले व्यापार, मानवीय सहायता र क्षेत्रीय सुरक्षासम्बन्धी मुद्दाहरूमा छलफल गरेका थिए।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

प्रधानमन्त्रीले अर्जुन एरिगेसी र कोनेरु हम्पीलाई बधाई दिए
प्रधानमन्त्रीले 3 फरवरीमा सीएलईए-कमनवेल्थ अटार्नी र सोलिसिटर जनरल कन्फ्रेन्सको उद्घाटन गर्ने
भाजपाले छत्तीसगढ़को कङ्ग्रेस सरकारलाई घेऱ्यो, चुनाउमा घूसको पैसा प्रयोगमाथि स्मृति ईरानीको प्रश्न
नोइडा अन्तर्राष्ट्रिय विमानस्थल जुन १५ देखि व्यावसायिक उडान संचालन गर्ने
प्रधानमन्त्री मोदीको माँ कालरात्रिसित प्रार्थना- सबैको जीवन भयमुक्त होस् | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मेदिनीपुरमा पुलिस सब-इन्स्पेक्टर भर्ती परीक्षामा उर्लियो भीड़
Next Article दुष्कर्म पीड़ित परिवारसित भाजपा विधायकहरूको प्रतिनिधिमण्डलले भेट गऱ्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?