नयाँ दिल्ली, 04 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले शनिवार छत्तीसगढ़को भूपेश बघेल सरकारलाई घेर्दै तीव्र प्रहार गऱ्यो। राज्यको विधानसभा चुनाउमा हवाला अपरेटरको पैसा प्रयोग गरेको गम्भीर आरोप लगाएको छ। राष्ट्रिय राजधानीस्थित भाजपा मुख्यालयमा आयोजित सम्वाददाता सम्मेलनमा केन्द्रियमन्त्री स्मृति ईरानीले भूपेश बघेलमाथि धाराप्रवाह रूपमा प्रश्नहरू गरिन्।
उनले भनिन्, कङ्ग्रेसले हवाला अपरेटरको प्रयोग गरी छत्तीसगढ़मा चुनाउ लड़िरहेको छ। सत्तामा छँदा सट्टाबाजीको खेल छत्तीसगढ़ कङ्ग्रेस नेतृत्वको अनुहार बन्न पुगेको छ। गए शुक्रवार भूपेश बघेलविरूद्ध केही आश्चर्यचकित तथ्यहरू देश समक्ष प्रस्तुत भएका छन्। असीम दासबाट 5.30 करोड़ रुपियाँभन्दा अधिक फेला परेको छ।
केन्द्रियमन्त्री ईरानीले यसमाथि प्रश्नहरू तेर्साइन्, गत 2 नोभेम्बरमा होटल ट्राइडेन्टमा असीम दासबाट पैसा जफ्त गरेको कुरा साँचो हो? , छत्तीसगढ़का कङ्ग्रेस नेताहरूलाई शुभम सोनीको माध्यमबाट असीम दासले पैसा पुऱ्याउने काम गर्थे? शुभम सोनीलाई भोइस म्यासेजको माध्यमबाट राजयपुर गएर बघेललाई चुनाउ खर्च दिने आदेश दिइएको कुरा साँचो हो? भिन्न-भिन्न ब्याङ्क खाताबाट 15.50 करोड़ रुपियाँलाई धन शोधन निवारण अधिनियम अन्तर्गत फ्रिज गरिएको कुरा पनि साँचो हो?
स्मृति ईरानीले भनिन्, तथ्य आश्चर्यचकित पार्ने किसिमको छ। जुन शुभम सोनीको बारेमा असीम दासले बयान दिएका छन् त्यसलाई लिएर यो मानिँदैछ कि जाँच एजेन्सीसित शुभम सोनीको आवाजको रूपमा पनि प्रमाण उपलब्ध छ। असीम दासले आफ्नो बयानमा स्वीकार गरेका छन् कि तिनी आदेश अनुरूप दुबई गएका थिए। तिनलाई चुनाउ खर्चको लागि कङ्ग्रेसलाई पैसा दिने आदेश दिइएको थियो। असीम दासले स्वीकारेका छन्, यो पैसा महादेव ऐप अन्तर्गत गरिएको अवैध सट्टाबाजीको हो। साथै शुभम सोनी महादेवको शीर्ष स्तरीय प्रबन्धनको एक अंग हुन्।
केन्द्रियमन्त्रीले भनिन्, शुभमले लिखित बयानमा भनेका छन् कि महादेव ऐपको प्रमोटर्सले छत्तीसगढ़का मउख्यमन्त्री भूपेश बघेललाई 538 करोड़ रुपियाँ घूस दिएका छन्। यो एउटा जानकारी मात्र होइन जबकि यसबाट चकित पार्ने तथ्य पनि अघि आएको छ। महादेव अनलाइन बुक ऐपका प्रमोटर्स प्रशासन औ कङ्ग्रेसका नेताहरूबाट जुन किसिमको संरक्षण चाहन्थे त्यसको सट्टा उनीहरूले चन्द्रभूषण वर्मा नामक एक अधिकारीको माध्यमबाट पनि प्रोटेक्शन मनी पठाउँथे। चन्द्रभूषण वर्माले अहिलेसम्ममा 65 करोड़ रुपियाँ घूसको रूपमा ह्याण्डल गरिसकेका छन्।
हिन्दुस्थान समाचार/उष्णता
