
गुना, 28 दिसम्बर (हि.स.)। जिल्लाको बजरङ्गगढ़ थाना क्षेत्रमा गए बुधवार राती दोहाई मन्दिर नजिक डम्परसित ठोक्किएर बसमा लागेको आगोमा 12 जना यात्रीहरू जिउँदै जलेका छन्। डम्पर चालकको पनि मृत्यु भएको छ। जिल्ला प्रशासनले यसको पुष्टि गरेको छ। दुर्घटनामा लगभग 16 जना जलेर घाइते भएका छन् जसलाई जिल्ला अस्पतालमा भर्ती गरिएको छ।
जानकारी अनुसार सिकरवार ट्राभल्सको बस बुधवार राती आठ बजे गुनादेखि आरोन तर्फ गइरहेको थियो। 32 सीटर बसमा 30-35 जना यात्रीहरू सवार थिए। राती लगभग साढ़े आठ बजे आरोन रोडमा बजरङ्गगढ़को दुहाई मन्दिर पुगेपछि बस दुर्घटनाग्रस्त भयो।
प्रत्यक्षदर्शीहरूले बताए, बस र डम्परमाझ भिड़न्त भएपछि बस पल्टिर आगलागी भयो। हेर्दा-हेर्दै क्षणभरमै आगोले सम्पूर्ण बसलाई आफ्नो चपेटमा लियो। केही यात्रीहरूले बसको ढोका अनि झ्यालबाट हाम फालेर आफ्नो ज्यान बचाए। त्यहाँ उपस्थित मानिसहरूले पुलिसलाई सूचित गरे। केही समयपछि पुलिस अनि फायर ब्रिगेड घटनास्थलमा आइपुग्यो, तर त्यसबेलासम्ममा बस भीषण आगलागीको चपेटमा परिसकेक थियो।
पुलिसले घटनास्थलमा उपस्थित मानिसहरूको सहयोगमा बसभित्र फसेका मानिसहरूलाई बाहिर निकाल्ने प्रयास गरेको भए पनि भीषण आगो कारणले पुलिस सफल हुन सकेन। जानकारी पाउनसाथ गुना कलेक्टर तरूण राठी औ पुलिस अधीक्षक विजय खत्री पनि घटनास्थलमा पुगेर घाइतेहरूलाई एम्बुलेन्स एवं अन्य वाहनहरूको माध्यमबाट जिल्ला अस्पताल पुऱ्याउने व्यवस्था गरे।
मुख्यमन्त्रीले दुर्घटनाको जाँच गर्ने आदेश दिए
मुख्यमन्त्री डा. मोहन यादवले बस दुर्घटनाको जाँच गर्ने आदेश दिएका छन्। उनले परिवहन विभागका अधिकारीहरूलाई निर्देश दिएका छन्, यस प्रकारको दुर्घटनाहरूको पुनरावृत्ति नहोस्। मुख्यमन्त्रीले जिल्ला प्रशासनलाई बस दुर्घटनामा ज्यान गुमाउनेहरूहरूको परिवारलाई 4-4 लाख रुपियाँ अनि घाइतेहरूलाई 50-50 हजार रुपियाँ सहायता राशि प्रदान गर्ने निर्देश पनि दिएका छन्।
गुना कलेक्टर तरूण राठीले बताए, गुना-आरोन मार्गमा डम्पर अनि बसमाझ भिड़न्त भएपछि आगलागी भयो। घटनाको जाँच भइरहेको छ। मृतकहरूको पहिचान हुन सकेको छैन। अस्पतालमा भर्ती कतिपय घाइतेहरूको अवस्था गम्भीर छ। हाम्रो प्राथमिकता भनेको शवहरूलाई उद्धार गर्नु अनि घाइतहरूको उपचार गर्नु हो।
हिन्दुस्थान समाचार/उष्णता
