
गोलाघाट, 28 दिसम्बर (हि.स.)। गोलाघाटमा डम्परको चपेटमा परेर एक व्यक्तिको मृत्यु भयो।
पुलिस अनुसार, शहरको बेङ्गेनाखोवा रेलवे फाटक नजिक तीव्र रफ्तार डम्परको चपेटमा परेर एक व्यक्तिको मृत्यु भयो। शिकायत अनुसार डम्पर (एएस-05एसी-3014) ले बाइक (एएस-05एन-2007) लाई पछाड़ीबाट हिर्कायो, जसमा उसको घटनास्थलमै मृत्यु भयो।
प्रत्यक्षदर्शीहरू अनुसार, डम्पर चालकले बाइकलाई त्यस समय हिर्कायो जब उसले आफ्नो मोबाइलमा कुरा गरिरहेको थियो। पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमार्टमको निम्ति अस्पताल पठायो। डम्परलाई पनि जफत गरिएको छ। यद्यपि, खबर लेखिञ्जेलसम्म मृतकको पहिचान हुन सकेको छैन।
हिन्दुस्थान समाचार/भवानी
