भोपाल, 12 दिसम्बर (हि.स.)। मध्यप्रदेशका नवनिर्वाचित मुख्यमन्त्री डा. मोहन यादवले बुधवार अपरान्ह 12 बजे भोपालको मोतीलाल नेहरू स्टेडियममा आयोजित भव्य समारोहमा पद अनि गोपनीयताको शपथ लिनेछन्। समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह, पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा समेत भाजपाशासित केही राज्यका मुख्यमन्त्री एवं पार्टीका वरिष्ठ नेताहरू सामेल हुनेछन्। मनोनीत मुख्यमन्त्री डा. यादव स्वयंले यसको जानकारी मीडियासित साझा गरेका छन्। उनले भनेका छन्, शपथ ग्रहण 13 दिसम्बरमा हुनेछ।
डा. मोहन यादवको शपथ ग्रहण समारोहमा सामेल हुनका लागि भोपाल आइरहेका प्रधानमन्त्री मोदीको कार्यक्रम सूची मङ्गलवार जारी गरिएको छ जसानुसार प्रधानमन्त्री बुधवार बिहान 11 बजे भोपाल आइपुग्नेछन्। यहाँ एयरपोर्टमा नवनियुक्त मुख्यमन्त्री डा. यादवले उनलाई स्वागत गर्नेछन्। त्यसपछि उनी सोझै मोतीलाल नेहरू स्टेडियम पुग्नेछन् जहाँ शपथ ग्रहण समारोह सम्पन्न हुनेछ। डा. मोहन यादवसित राजेन्द्र शुक्ला र जगदीश देवड़ाले पनि उपमुख्यमन्त्री पदको शपथ ग्रहण गर्नेछन्। कार्यक्रमलाई मध्यनजर गर्दै भोपालको कुना-काप्चामा समेत पुलिस बललाई तैनाथ गरिएको छ। सम्भवतः नयाँ मुख्यमन्त्रीसित कतिपय विधायकहरूले पनि मन्त्री पदको शपथ लिनसक्नेछन्।
प्रधानमन्त्री मोदी अतिरिक्त डा. मोहन यादवको शपथ ग्रहण समारोहमा भाजपाशासित राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, असमका मुख्यमन्त्री हेमन्त विस्वा सरमा, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे सामेल हुनेछन्। यसबाहेक अन्य राज्यहरूका मुख्यमन्त्रीहरूमा माणिक साहा, एन बिरेन सिंह, पेमा खाण्डू पनि सामेल हुनसक्नेछन्।
भाजपाका वरिष्ठ नेताहरू शपथ ग्रहण समारोहको तयारीमा जुटिसकेका छन्। पार्टीका प्रदेश अध्यक्ष वीडी शर्माले मङ्गलवार बिहान मोतीलाल नेहरू स्टेडियमको निरीक्षण गरे। यहाँ विशाल डोम तयार गराइँदैछ जसमा दुई हजार मानिसहरू बस्ने व्यवस्था गरिनेछ। विशाल मञ्च तयार भइरहेको जहाँ दुई दर्जनभन्दा अधिक नेताहरू बस्ने व्यवस्था हुनेछ। यसको लागि लाल परेडमा तीन हेलिप्याड बनाइएको छ जहाँ वरिष्ठ नेताहरूको हेलिकप्टर उत्रिनेछ।
हिन्दुस्थान समाचार/उष्णता
