नयाँ दिल्ली, 18 अक्टोबर। मिजोरम विधानसभा चुनाउको लागि भारतीय जनता पार्टीले बुधवार 12 जना उम्मेद्वारहरूको पहिलो सूची जारी गऱ्यो। यस सूचीमा एकजना महिला उम्मेद्वार आर. लालबियाक्तलौङ्गीको नाम पनि सामेल छ जसले लुङ्गली पश्चिमबाच प्रतिद्वन्द्विता गर्नेछन्।
भाजपाको सूची अनुसार हचेक निर्वाचन क्षेत्रबाट माल्सावमत्लुआङ्गालाई उम्मेद्वार बनाइएको छ भने डङ्पा क्षेत्रबाट वनलालहुमुआका, ममित क्षेत्रबाट लालरिनलियाना सेलो, थोरङ्गबाट शान्ति बिकाश चकमा र सइहाबाट बिछुआलाई उम्मेद्वार बनाइएको छ।
चालीस सदस्यीय मिजोरम विधानसभा चुनाउको लागि आगामी 7 नोभेम्बरमा मतदान हुनेछ भने मतगणना आगामी 3 दिसम्बरमा हुनेछ।
उल्लेखनीय छ, राज्यमा मिजो नेशनल फ्रण्टको सरकार छ। वर्ष 2018- को विधानसभा चुनाउमा मिजो नेशनल फ्रण्टले 26 सीट जितेको थियो भने कग्रेसले पाँच औ भाजपाले एक सीटमा विजय हासिल गरेको थियो।
