नयाँ दिल्ली, 12 जनवरी (हि.स.)। कंग्रेसले भारतीय जनता पार्टी (भाजपा)-माथि राम मन्दिर प्राण प्रतिष्ठा कार्यक्रमलाई राजनीतिक कार्यक्रम बनाएको आरोप लगाएको छ। पार्टीले भनेको छ, यस आयोजनलाई लिएर शङ्कराचार्यले समेत विरोध व्यक्त गरेका छन्।
कंग्रेस प्रवक्ता पवन खेड़ा औ सुप्रिया श्रीनेतले शुक्रवार पार्टी मुख्यालयमा सम्पन्न संयुक्त सम्वाददाता सम्मेलनमा भने, अब भाजपा अनि आरएसएसले तय गरिरहेको छ कि को अयोध्या जान्छन् को जाँदैनन्। कंग्रेसले यस सोंचको विरोध गर्दछ। धर्म हाम्रो व्यक्तिगत आस्थाको विषय हो। यस मुद्दामाथि राजनीति हुनु हुँदैन।
खेड़ाले भने, के भगवानको मन्दिरमा निमन्त्रण गरे मात्र गइन्छ र? कुन तारिक कुन श्रेणीको व्यक्ति मन्दिर जानेछन् भन्ने कुरा एउटा राजनीतिक दलले तय गर्नेछ? के एउटा राजनीतिक दलले तय गर्नेछ कि म आफ्नो भगवानलाई भेट गर्न कहिले जाउँ? उनले भने, न त मानिसले कसैलाई मन्दिरमा बोलाउन सक्छ, न मानिसले कसैलाई मन्दिर जानदेखि रोक्न सक्छ। कुनै पनि मन्दिरको प्राण प्रतिष्ठा एउटा विधि-विधान हो। चारै पीठका शङ्कराचार्यहरूले स्पष्ट रूपमा भनिसकेका छन्, एक अधुरो मन्दिरको प्राण प्रतिष्ठा गर्न सकिँदैन। यस अवस्थामा यदि यो कार्यक्रम धार्मिक होइन भने राजनीतिक हो। एक राजनीतिक कार्यक्रममा म र मेरो भगवानबीच एक राजनीतिक दलका कार्यकर्ता बिचौली भएर बस्छ भने त्यसलाई हामी सहन गर्नेछैनौं।
सुप्रिया श्रीनेतले भनिन्, हामीले आगामी 22 जनवरीको कार्यक्रममा मात्र जानदेखि अस्वीकार गरेका हौं। कंग्रेसले व्यक्तिगत आस्थालाई सर्वोपरी ठान्दछ। हामी मन्दिर, मस्जिद, गुरूद्वारा, गिरजाघर गएका छौं र आगामी दिनहरूमा पनि गइरहनेछौं। उत्तर प्रदेश कंग्रेस कमिटीका नेताहरू प्रभारी महासचिवको साथमा आगामी 15 जनवरीको दिन अयोध्या दर्शनका लागि गइरहेका छन्।
हिन्दुस्थान समाचार/उष्णता
