
नयॉं दिल्ली, 23 जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले महान क्रान्तिकारी र आजाज हिन्द फौजका संस्थापक नेताजी सुभाषचन्द्र बोसको पुण्य स्मरण गर्दै उनलाई नमन गरेको छ। कृतज्ञ राष्ट्रले आज नेताजीको जयन्तीको पराक्रम दिवसको रूपमा मनाइरहेको छ।
भाजपाले आज बिहान एक्स ह्यान्डलमा लेखेको छ, मॉं भारतीका वीर सपूत, महान देशभक्त, भारतीय स्वतन्त्रता संग्रामका महानायक नेताजी सुभाषचन्द्र बोसको जयन्तीमा कोटि कोटि नमन।
हिन्दुस्थान समाचार/बिशाल
