
लखनऊ, 23 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री योगी आदित्यनाथसित लखनऊस्थित उनको सरकारी आवासमा बिहीवार भारतमा बेल्जियमका राजदूत डिडिएर वेन्डरहसेल्टले शिष्टाचार भेट गरे।
यस आशयको जानकारी गराउँदै मुख्यमन्त्री योगीले सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा लेखेका छन्, उनको राजदूत डिडिएर वेन्डरहसेल्टसित भएको चर्चा बेल्जियम र उत्तर प्रदेशमाझ सम्बन्ध गहिरो बनाउने, सहयोगको मार्ग खोज्ने अनि आपस्तमा विकासका अपार सम्भावनाहरूमाथि केन्द्रित थियो।
हिन्दुस्थान समाचार/उष्णता
