मुम्बई, 26 अक्टोबर (हि.स.)। बिड जिल्लामा गए राती भएको दुई अलग-अलग दुर्घटनामा दशजना मानिसहरूको ज्यान गएको छ। एम्बुलेन्स र ट्रक ठोक्किएर भएको पहिलो दुर्घटनामा डाक्टर सहित चारजनाको मृत्यु भयो भने एकजना घाइते भए। दोस्रो सागर ट्राभल्सको बस अनियन्त्रित भएर दुर्घटनाग्रस्त भयो जसमा छःजना मानिसहरूको मृत्यु भयो भने नौजना घाइते भए। घाइतेहरूलाई बिड जिल्ला अस्पतालमा भर्ती गराइएको छ।
पुलिस अनुसार गए बुधवार अबेर राती बिड धामन गाउँदेखि अहमद नगर जाने सड़कमा दौलावड गाउँ नजिक ब्यांकक कम्पनी तर्फ मोड़िँदा ट्रक र एम्बुलेन्समाझ भयानक भिड़न्त भयो। एम्वुलेन्समा रोगीहरूलाई लिएर गइरहेका डा. राजेश बाबासाहेब झिजुर्के (35), चालक भरत सीताराम लोखण्डे (35), मनोज पंगु तिरपुड़े र पप्पू पंगु तिरपुड़ेको घटनास्थलमै मृत्यु भयो। घटनामा ज्ञानदेव सूर्यभान घुमरे ग म्भीर रूपमा घाइते भए जसलाई अहमदनगरको निजी अस्पतालमा भर्ती गरिएको छ।
यसरी नै गए बुधवार राती जामखेड़-अहमदनगर मार्गमा आष्टा फाटा नजिक सागर ट्राभल्सको एक निजी बस अनियन्त्रित भएर पल्टियो। यस घटनामा छःजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने नौजना घाइते भए। घटनाको जानकारी पाउनसाथ बिड पुलिसले तत्काल घटनास्थलमा पुगेर स्थानीय ग्रामीणहरूको सहयोगमा घाइतेहरूलाई निकालेर बिड अस्पतालमा पुऱ्यायो।
हिन्दुस्थान समाचार/उष्णता
