नयाँ दिल्ली, 02 दिसम्बर (हि.स.)। मिचौङ्ग तूफान तमिलनाडु नजिक पुगेको छ। यसलाई केन्द्र गर्दै भारत मौसम विज्ञान विभागले भारी वर्षा हुने चेताउनी जारी गरेको छ। विभागले शनिवार एक्समा लेखेको छ, दक्षिण-पश्चिम तिरबाट शुरू भएको निम्न दबाव क्षेत्र बितेको छः घण्टामा उत्तर-पश्चिम तर्फ बढ़ेको छ। आज बिहान साढ़े पाँच बजेसम्ममा यो पुदुचेरीदेखि लगभग 500 कि.मी., चेन्नईदेखि 510 कि.मी. औ नेल्लोरदेखि 630 कि.मी.मा केन्द्रित थियो। आगामी 24 घण्टाको अवधिमा यो पश्चिम-उत्तर पश्चिम तर्फ बढ़्ने अनि चक्रवाती तूफानमा परिणत हुने सम्भावना छ।
मौसम विज्ञान विभाग अनुसार बङ्गालको खाड़ीमा द्रूत गतिमा बढ़्दो मिचौङ्ग तूफान तीव्र भएको कारणले शनिवारदेखि तमिलनाडुका 12 वटा जिल्लाहरूमा मध्यम तूफान, मेघगर्जन तथा वर्षा हुने सम्भावना छ। तमिलनाडुको नागापट्टिनम, मयिलादुथुराई, तिरूवरूर, रामनाथपुरम, तिरूप्पुर, डिङ्डीगुल, तेनकासी, विरूधुनगर, थूथुकुडी, तिरूनेलवेली कन्याकुमारी तथा कराईकल जिल्ला अधिनस्थ अलग-अलग स्थानहरूमा मध्यम मेघगर्जन र बज्रपात हुने सम्भावना छ।
उल्लेखनीय छ, तमिलनाडुमा चक्रवाती तूफानको आशङ्काबीच मुख्यमन्त्री एमके स्टालिनले गए शुक्रवार सबै सम्बन्धित अधिकारीहरूलाई चक्रवातबाट प्रभावित हुने सम्भावित क्षेत्रहरूबाट मानिसहरूलाई अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गराउने सहित सतर्कताको रूपमा आवश्यक कदम उठाउने निर्देश दिए। क्याबिनेट सचिव राजीव गौबाको अध्यक्षतामा गठित राष्ट्रिय सङ्कट प्रबन्धन समितिले बङ्गालको खाड़ीमा निर्माण भएको चक्रवात ‘मिचौङ्ग’- लाई लिएर राज्य सरकार अनि केन्द्रिय मन्त्रालयहरू सहित विभागीय तयारीहरूको गए शुक्रवार समीक्षा गरे।
हिन्दुस्थान समाचार/उष्णता
