
नयाँ दिल्ली, 08 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले शुक्रवार छत्तीसगढ़, मध्य प्रदेश औ राजस्थानको लागि पर्यवेक्षकहरूको नाम घोषणा गऱ्यो।
राजस्थान विधानसभाका लागि रक्षामन्त्री राजनाथ सिंह, विनोद तावड़े र सरोज पाण्डेलाई पर्यवेक्षक नियुक्त गरिएको छ भने मध्य प्रदेशका लागि हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टर, के लक्ष्मण, आशा लकड़ालाई पर्यवेक्षक नियुकत गरिएको छ जबकि छत्तीसगढ़का लागि केन्द्रियमन्त्री अर्जुन मुण्डा, सर्बानन्द सोनेवाला र दुष्यन्त गौतमलाई पर्यवेक्षक बनाइएको छ।
पर्यवेक्षकहरूको नामको घोषणासितै अब मुख्यमन्त्रीको नामहरूको घोषणा पनि आगामी आइतवारसम्ममा गर्न सकिने सङ्केत देखिएको छ। भनिन्छ, तीनैवटा राज्यमा शनिवार-आइतवार विधायक दलको बैठक बोलाउनसक्छ।
हिन्दुस्थान समाचार/उष्णता
