नयाँ दिल्ली, 10 जुलाई (हि.स.)। उपराष्ट्रपति जगदीप धनखड़ले बिहिवार जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा आयोजित भारतीय ज्ञान प्रणालीहरू (आईकेएस) मा प्रथम वार्षिक शैक्षणिक सम्मेलनलाई सम्बोधित गरे। उनले भारतीय ज्ञान परम्पराको समृद्धि र वैश्विक महत्वलाई रेखांकित गर्दै देशको बौद्धिक विरासतमा गर्व गर्ने आह्वान गरे। सम्मेलनमा भारतको प्राचीन बौद्धिक परम्पराहरूलाई समकालीन शोध र शिक्षा प्रणालीसित जोड्नमाथि व्यापक विचार-विमर्श भयो।
यस अवसरमा उपराष्ट्रपतिले प्रसिद्ध जर्मन विद्वान मैक्स मूलरको उद्धकरणको माध्यमले भारतको प्राचीन ज्ञान परम्परालाई रेखांकित गरे। उनले यसलाई शाश्वत सत्यको अभिव्यक्ति बताए। उनले भने, लामो समयसम्म पश्चिमी सिद्धान्तहरूलाई सार्वभौमिक सत्यको रूपमा प्रस्तुत गरियो जबकि भारतको स्वदेशी ज्ञान परम्पराहरूलाई नकारात्मक दृष्टिले हेरियो। आजादीपछि पनि यो मानसिकता केही स्तरसम्म जारी रह्यो।
उनले भने, भारत केवल 20औं शताब्दीको मध्यमा बनेको राजनीतिक संरचना नभएर सभ्यतागत सातत्य हो, जुन चेतना, अन्वेषण र ज्ञानको एक बगिरहेको नदीको रूपमा आजपनि विद्यमान छ। उपराष्ट्रपतिले तक्षशिला, नालन्दा, विक्रमशिला, वल्लभी र ओदन्तपुरी जस्ता प्राचीन विश्वविद्यालयहरूको उल्लेख गर्दै भने, यी न केवल शिक्षाको केन्द्र थिए तर वैश्विक ज्ञान समुदायको निम्ति प्रेरणाको श्रोत पनि थिए। उनले जोड दिएर भने, ज्ञान केवल पान्डुलिपिहरूमा नभएर समुदायहरूको परम्पराहरू, प्रथाहरू र पीढ़ीहरूको अनुभवहरूमा पनि समाहित हुन्छ। उनले भारतीय ज्ञान प्रणाली अनुसन्धान पारिस्थितिकी तन्त्रमा लिखित शब्द र जीवन्त अनुभव दुवैलाई समान महत्व दिने आवश्यकतामाथि बल दिए। उनले भने, अतीतको ज्ञान नवाचारमा बाधा होइन प्रेरणाको श्रोत हो। आध्यात्मिकता र भौतिकताबीच संवाद सम्भव छ। आध्यात्मिक अन्तर्दृष्टि र वैज्ञानिक परिशुद्धता सह-अस्तित्वमा रहनसक्छ।
यस अवसरमा केन्द्रिय बन्दरगाह र जलमार्ग मन्त्री सर्बानन्द सोनोवाल, जेएनयूका कुलपति प्रो. शान्तिश्री पण्डित सहित धेरै गणमान्य व्यक्ति उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी
