
चेन्नई, 18 दिसम्बर (हि.स.)। तमिलनाडुका चारवटा जिल्लाहरूमा भारी वर्षाको कारणले बाढ़ी जस्तै अवस्था सृजना भएको छ। स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै राज्य सरकारले सोमवार तिरूनेलवेली, थुथुकुडी, कन्याकुमारी औ तेनकासी जिल्लाका सबै स्कूल, कलेज, निजी संस्थान, ब्याङ्क एवं वित्तीय संस्थानहरूमा अवकाश घोषणा गरेको छ।
थुथुकुडी जिल्लामा अत्यधिक मात्रामा पानी परेकोले कट्टाबोम्मन नगरका अधिकांश भाग जलमग्न भएको छ। मानिसहरूको घरभित्र भल पसेर पानी-पानी भएको छ। थुथुकुडी रेलवे स्टेशन पनि पानीले जलथल भएको छ। विरूधुनगरका अधिकांश भागमा पानी भरिएको कारणले जिल्ला कलेक्टरले आज विद्यालयहरूमा अवकाश घोषणा गरेका छन्।
यसबीच वेगई बाँधको तल्लो भाग क्रमैले थेनी, डिँडीगुल, मदुरै, शिवगङ्गा औ रामनाथपुरम सहित पाँच जिल्लामा बाढ़ी आउनसक्ने चेताउनी जारी गरिएको छ। भनिन्छ, आज बिहान आठ बजे वेगई बाँधको जलस्तर 66.01 फुट (अधिकतम जलाशय स्तर 71 फुट)-सम्म पुगेको थियो। गए आइतवार तमिलनाडुका दक्षिणी जिल्लाहरूमा घना वर्षा भयो। कन्याकुमारी लगायत केही जिल्लाहरूका धेरैवटा क्षेत्रहरूमा पानी भरिएको छ जसले गर्दा आम जनजीवन पूर्ण रूपले प्रभावित भएको छ।
तिरूनेलवेलीमा थमिराबरानी नदीको जलस्तर माथि पुगेको छ। मुख्यमन्त्री एमके स्टालिनले अधिकारीहरूलाई दक्षिणी तमिलनाडुमा नदी जोड़ौं परियोजना अन्तर्गत अतिरिक्त पानीलाई कन्नाडियन च्यानलमा छोड़्ने निर्देश दिएका छन्। स्टालिनले राहत कार्यहरूको निगरानी औ सञ्चालनको लागि मन्त्रीहरूलाई बाढ़ प्रभावित क्षेत्रहरूमा पठाएका छन्। क्षेत्रीय मौसम विज्ञान केन्द्रको बुलेटिनमा भनिएको छ, गत शनिवारदेखिकै तमिलनाडुका अधिकांश भागहरूमा वर्षा भइरहेको छ।
हिन्दुस्थान समाचार/उष्णता
