
नयाँ दिल्ली, 15 अक्टोबर (हि.स.)। कङ्ग्रेसले आज छत्तीसगढ़ विधानसभा चुनाउको निम्ति आफ्ना उम्मेदवारहरूको पहिलो सूची जारी गऱ्यो। उक्त सूचीमा 30 विधानसभा सीटको निम्ति उम्मेदवारहरूको नाम घोषणा गरिएको छ।
कङ्ग्रेसले मुख्यमन्त्री भूपेश बघेललाई पाटन, उपमुख्यमन्त्री टीएस सिंह देवलाई अम्बिकापुर, अमरजित भगतलाई सीतापुर (एसटी सीट), उमेश पटेललाई खरसिया, जय सिंह अग्रवाललाई कोरबा, डा. चरण दास महन्तलाई सक्तिबाट उम्मेदवार बनाएको छ।
उल्लेखनीय छ कि छत्तीसगढ़मा विधानसभाको 90 सीट छ। यहाँ आगामी 7 र 17 नोभेम्बरमा मतदान हुनेछ जसको मतगणना 3 दिसम्बरमा हुनेछ।
हिन्दुस्थान समाचार/उष्णता
