
बीजापुर, 16 दिसम्बर (हि.स.)। छत्तीसगढ़मा सञ्चालित नक्सलवाद विरोधी अभियान अन्तर्गत सुरक्षाबलहरूले शनिवार बीजापुरमा ठूलो कारबाही गर्दै नक्सलीहरूको क्याम्पलाई ध्वस्त बनाइदिए। सुरक्षाबलहरूसित भिड़न्त भएपछि नक्सलीहरू त्यहाँबाट भागे। घटनास्थलबाट व्यापक मात्रामा विस्फोटक जफत गरिएको छ।
बीजापुरको गङ्गालुर थाना पुलिस अनुसार नक्सलीहरूको कोर क्षेत्र पेद्दाकोरमाको जङ्गलमा नक्सली कमाण्डर एवं गङ्गालुर एरिया कमिटीका कमाण्डर दिनेश मोड़ियम र एलओएस कमाण्डर दुला कारम, गङ्गालुर एरिया आरपीसी कमलु पुनेम सहित 15-20 जना सशस्त्र नक्सलीहरू उपस्थित रहेको सूचना प्राप्त भएको थियो। गए शुक्रवार राती खोजी गरिएपछि डीआरजी, एसटीएफ, बस्तर फाइटर्स औ कोबरा बटालियनका जवानहरूको शनिवार बिहान नक्सलीहरूसित भिड़न्त भयो। लगभग अढ़ाई घण्टासम्म भिड़न्त भएपछि नक्सलीहरू त्यहाँबाट भागे। उक्त भिड़न्तपछि नक्सलीहरूको क्याम्पलाई ध्वस्त बनाइयो।
पुलिसको भनाइ छ, नक्सलीहरूको क्याम्पबाट व्यापक मात्रामा विस्फोटक, औषधि, नक्सली उर्दी, प्रतिबन्धित प्रचार-प्रसार सामग्री, नक्सली साहित्य एवं अन्य दैनन्दिन प्रयोगका सामग्रीहरू फेला पारिएको छ। यस भिड़न्तमा ज्यानहानि भएको कुनै समाचार छैन। घटनास्थल वरपर खोजी अभियान जारी छ।
हिन्दुस्थान समाचार/उष्णता
