नयाँ दिल्ली, 23 दिसम्बर (हि.स.)। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों आगामी वर्षको 26 जनवरीमा भारतको गणतन्त्र दिवस समारोहमा मुख्य अतिथिका रूपमा उपस्थित रहनेछन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको आमन्त्रणमा 75औं गणतन्त्र दिवस समारोहमा भाग लिनेछन्। प्रधानमन्त्री मोदीले भनेका छन्, यस महान अवसरमा भारत-फ्रान्स लोकतान्त्रिक मूल्यहरूको उत्साह मनाइनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतीक्षारत् यी पलहरूलाई लिएर एक्स ह्याण्डलमा आफ्नो उत्सुकता अनि खुसी साझा गरेका छन्। उनले लेखेका छन्- ‘म आफ्ना मित्र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई 75औं गणतन्त्र दिवसमा मुख्य अतिथिको रूपमा स्वागत गर्नका लागि उत्सुक भएको छु। यस दिन भारत-फ्रान्स रणनीतिक साझेदारी औ लोकतान्त्रिक मूल्यहरूमाथिको साझा विश्वासको उत्साह पनि मनाइनेछ।’
यसपूर्व फ्रान्सका राष्ट्रपति म्याक्रोंले एक्स ह्याण्डलमा आमन्त्रणको लागि प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे। उनले लेखे- ‘मित्र नरेन्द्र मोदी! निमन्त्रणको लागि धन्यवाद। म भारतको गणतन्त्र दिवस समारोहमा उत्साह मनाउनका लागि समारोहमा तपाईसितै बस्नेछु।’
भारतको विदेश मन्त्रालय अनुसार, रणनीतिक साझेदारको रूपमा भारत र फ्रान्सले केही क्षेत्रीय औ वैश्विक मुद्दाहरूमाथि उच्च स्तरको समानता साझा गर्दछ। यस वर्ष भारत-फ्रान्सले आफ्नो रणनीतिक साझेदारीको 25औं वर्षगाँठ (सिल्भर जुबली) मनाइरहेको छ। उल्लेख्य, प्रधानमन्त्री मोदी गत 14 जुलाईको दिन पेरिसमा आयोजित ब्यास्टिल डे परेडमा सम्मानित अतिथिका रूपमा उपस्थित भएका थिए। फ्रान्सका राष्ट्रपति म्याक्रों गत 8 र 9 सेप्टेम्बरमा जी-20 शिखर सम्मेलनमा सहभागी बन्न भारत भ्रमणमा आएका थिए।
विशेष कुरा के हो भने भारतले आफ्नो गणतन्त्र दिवस समारोहमा सामेल हुनको लागि प्रत्येक वर्ष वैश्विक नेताहरूलाई आमन्त्रण गर्दै आइरहेको छ। कोभिड-19 महामारीलाई मध्यनजर गर्दै वर्ष 2021 र 2022- मा यस समारोहमा कसैलाई पनि मुख्य अतिथिको रूपमा आमन्त्रण गरिएन। राष्ट्रपति म्याक्रों गणतन्त्र दिवस समारोहमा सामेल हुने छैटौं फ्रान्सेली नेता हुनेछन्। वर्ष 2023- को गणतन्त्र दिवस समारोहमा मिस्रका राष्ट्रपति अब्देल फतह अल-सीसी मुख्य अतिथिका रूपमा उपस्थित थिए भने वर्ष 2020- मा ब्राजीलका तत्कालीन राष्ट्रपति जेयर बोलसोनारो मुख्य अतिथिका रूपमा सामेल भएका थिए।
हिन्दुस्थान समाचार/उष्णता
