
– राज्यहरूका स्वास्थ्यमन्त्रीहरूसित गऱ्यो उच्चस्तरीय समीक्षा बैठक
नयाँ दिल्ली, 20 दिसम्बर (हि.स.)। कोरोना औ यसको नयाँ स्वरूप (भेरिएन्ट) जेएन- 1 -को बढ़्दो खतरालाई मध्यनजर गर्दै केन्द्रिय स्वास्थ्यमन्त्री डा. मनसुख माण्डभियाले बुधवार स्वास्थ्य सुविधा एवं चिकित्सा सम्बन्धी सेवाहरूको तयारीलाई लिएर राज्य अनि केन्द्रशासित प्रदेशहरूका स्वास्थ्यमन्त्रीहरूसित उच्चस्तरीय बैठक गरे। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको जेएन-1 भेरिएन्टलाई भेरियन्ट अफ इन्टरेस्ट मानेको छ अर्थात यो भाइरस द्रूत गतिमा फैलिनसक्छ।
यस उच्चस्तरीय समीक्षा बैठकमा केन्द्रिय स्वास्थ्यमन्त्री मनसुख माण्डभियाले भने, यो एका-अर्कासित मिलेर काम गर्ने समय हो। हामी डराउनु हुँदैन, सतर्क बस्न आवश्यक छ। अस्पतालको तयारी, निगरानी बढ़ाउने अनि मानिसहरूसित प्रभावकारी सञ्चारको मक ड्रिलसितै तयार बस्नु महत्वपूर्ण छ।
उनले भने, प्रत्येक 3 महिनामा एक पटक सबै अस्पतालहरूमा मक ड्रिल हुनुपर्छ। यसको लागि राज्यहरूलाई केन्द्र सरकारको तर्फबाट सबै प्रकारको समर्थन दिइनेछ। उनले अधिकारीहरूलाई तयारीमा कुनै पनि प्रकारको ढिल्याई नगर्ने निर्देश दिँदै राज्यहरूलाई भने, स्वास्थ्यको क्षेत्र कुनै राजनीतिको क्षेत्र होइन। केन्द्रिय स्वास्थ्य मन्त्रालय हरेक सहायताको लागि उपलब्ध छ।
उल्लेखनीय छ, कोरोनाको नयाँ स्वरूप जेएन-1 को एउटा मामिला केरलमा पाइएको पुष्टि गरिएको छ। विश्वका केही देशहरूमा कोरोनाको नयाँ मामिला तीव्र गतिमा बढ़िरहेको छ।
हिन्दुस्थान समाचार/उष्णता
