नयाँ दिल्ली, 20 दिसम्बर (हि.स.)। केन्द्रियमन्त्री अर्जुन मुण्डाले भने, आज आयुष्मान भारत-प्रधानमन्त्री जन आरोग्य योजनाले देशमा एक जन आन्दोलनको रूप लिसकेको छ। यो योजना विश्वकै उत्कृष्ट हेल्थ केयर योजना हो जस मार्फत सुदूरवर्ती क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूको लागि पनि स्वास्थ्य सेवाहरू सुनिश्चित गरिँदैछ।
बुधवार केन्द्र सरकारका स्वास्थ्य योजनाहरूको बारेमा मीडियासित बातचित गर्दै अर्जुन अर्जुन मुण्डाले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारका प्राथमिकताहरूमा स्वास्थ्यको क्षेत्रले अत्यन्त महत्वपूर्ण स्थान राख्दछ। केन्द्र सरकारले देशका सबै नागरिकहरूलाई सर्वोत्कृष्ट स्वास्थ्य सुविधा उपलब्ध गराउने दिशामा काम गरिरहेको छ। यसै दिशामा प्रधानमन्त्रीले युवाहरूलाई फिट इण्डिया आन्दोलनसित जोड़ेका छन्। युवाहरू फिट रहे देशको विकासमा अंशदारी सुनिश्चित गर्न सकिन्छ।
उनले बताए, सुदूरवर्ती क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई ध्यानमा राखेर देशलाई टीबीमुक्त भारत बनाउने दिशामा पनि मिशन मोडमा काम शुरू गरिएको छ। यसको साथै हालैमा जनजातीय मन्त्रालयसित मिलेर स्वास्थ्य मन्त्रालयले सिकल सेल एनीमिया उन्मूलन मिशन-2047 शुरू गरेको छ। यो विश्वको अभिनव कार्यक्रम हो जुन देशको 7.5 करोड़ जनसंख्यालाई ध्यानमा राखेर शुरू गरिएको हो। उनले भने, सिकल सेल एनिमिया वर्ष 1956- मा देखिएको थियो, तर यसको उन्मूलनको दिशामा प्रधानमन्त्री मोदीले काम शुरू गरे। अहिलेसम्ममा यस अभियान अन्तर्गत 90 लाख डेटा बनाइसकिएको छ भने 16 लाख मानिसहरूले सिकल सेल एनिमियामा क्यारियर बनाएका छन्।
अर्जुन मुण्डाले भने, देशमा स्वास्थ्य सेवा एवं शोध संस्थानहरूको रूपमा आज 23 वटा एम्स बनाइएकोछ जसमध्ये तीन निर्माणाधिन छन्। त्यो पनि चाँड़ै पूरा हुनेछ। उनले भने, आयुष्मान भारत कार्ड बनाउनका साथै आज 1.37 लाखभन्दा अधिक जन आरोग्य मन्दिरहरू छन् जहाँ विकसित भारत सङ्कल्प यात्रा अभियान अन्तर्गत मानिसहरूको स्वास्थ्यको स्क्रीनिङ्ग गरिँदैछ। मानिसहरूको आयुष्मान कार्ड बनाइँदैछ जसबाट उनीहरूले वर्षमा पाँच लाख रुपियाँसम्मको स्वास्थ्य सेवाहरूको लाउ उठाउन सकुन्।
हिन्दुस्थान समाचार/उष्णता
