नयाँ दिल्ली, 26 अक्टोबर (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले बिहीवार भने, भारतीय बीउ सहकारिता समितिले कृषि क्षैत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यो समितिको शुरूआत बीउ संरक्षण एवं सम्वर्द्धनको लागि गरिएको हो। समितिले देशको पारम्परिक बीउहरूको संरक्षण गर्नेछ अनि विश्वभरिका किसानहरूलाई उपलब्ध गराउनेछ। हाम्रो देशको बीउ प्रकृतिको अत्यन्त नजिकमा छ। हामी चाहन्छौं यसको लाभ सारा दुनियाँलाई प्राप्त होस् र हाम्रा किसानहरूको आय बढ़ोस्।
अमित शाहले विज्ञान भवनमा भारतीय बीउ सहकारी समिति लिमिटेडद्वारा आयोजित सहकारी क्षेत्रमा उन्नत एवं पारम्परिक बीजोत्पादनमाथि राष्ट्रिय संगोष्ठी-लाई सम्बोधन गरिरहेका थिए। उनले भने, हामीले बीउ निर्यातको दिशामा आफ्नो अंशदारीलाई बढ़ाउनु छ। भारतीय बीउ सहकारी समिति लिमिटेडले विश्वभरिका देशहरूसम्म उन्नतशील बीउ पुऱ्याउनेछ अनि बीउहरूमाथि शोध कार्य पनि ग र्नेछ। धेरैवटा निजी कम्पनीहरू बीउ उत्पादनको क्षेत्रमा लागिपरेका छन्, तर यसबाट किसानहरूलाई लाभ हुँदैन। हाम्रो लक्ष्य हो अन्नको उत्पादन बढ़ाउने अनि मानिसहरूली पोषक अन्न उपलब्ध गराउने। यो समितिले त्यस दिशामा पनि काम गर्नेछ। उनले भने, देशका किसानहरूलाई प्रतिवर्ष 465 लाख कुइन्टल बीउहरूको आवश्यक्ता छ। यो आपूर्ति यदि सहकारिताको माध्यमबाट गरियो भने किसानहरूलाई अधिक लाभ पुग्नेछ।
शाहले भने, बीउहरूको निर्यातलाई हामी बढ़ाउनुछ। हाल हामी यस कार्यमा धेरै पछि छौं। भारतीय बीउ सहकारिता समितिले यस विषयमा पनि काम गर्नेछ। हाम्रो मिठो अन्नलाई विश्वभरि पुऱ्याउने काम यही सहकारी समितिले गर्नेछ। हाम्रो लक्ष्य प्रमाणित बीउहरूको अधिक उत्पादन र भारतीय बीउहरूलाई विश्वसम्म पुऱ्याउनु हो जसबाट हाम्रा किसानहरूको आय बढ़ोस्।
हिन्दुस्थान समाचार/उष्णता
