– राम मन्दिर परिसरमै महर्षि वाल्मीकि, निषाद राज र माता शबरीको विशाल मन्दिर निर्माण गरिने
अयोध्या, 26 नोभेम्बर (हि.स.)। विश्व हिन्दू परिषद्का अन्तरराष्ट्रिय अध्यक्ष आलोक कुमारले भने, 500 वर्षको संघर्षपछि राम मन्दिर निर्माणको संकल्प पूरा भएको छ। यो कारसेवकहरूको रगतले लेखिएको विजय हो। आउँदा तीन महिनाभित्र राम मन्दिर परिसरमै कारसेवकहरूको स्मृतिमा एक सुन्दर स्मारक निर्माण गरिने उनले जानकारी दिए।
उनले भने, राम मन्दिरका लागि असंख्य भक्तहरूले बलिदान दिएका छन्। सन् 1990 मा गोली चल्दा धेरैले छातीमा प्रहार खाए, केवल कोठारी दाजुभाइ मात्र होइन, त्यतिबेला पाँच जना कारसेवकले शहादत प्राप्त गरेका थिए।
हिन्दुस्थान समाचारसँग विशेष कुराकानी गर्दै आलोक कुमारले भने, राम मन्दिरको परकोटाभित्र रहेका सप्त ऋषिको मन्दिरमा भगवान रामका गुरु, भक्त तथा मित्र बिराजमान छन्। ती सप्त मन्दिरहरूमा महर्षि वशिष्ठ, महर्षि विश्वामित्र, महर्षि अगस्त्य, महर्षि वाल्मीकि, देवी अहिल्या, निषादराज र माता शबरीका मन्दिर बनेका छन्। भगवान रामको बाल्यकालदेखि शिक्षा–दीक्षा, मार्गदर्शन र सहायतामा उनीहरूको महत्वपूर्ण योगदान रहेकाले उनीहरूको गरिमा अनुरूप राम मन्दिर परिसरमै महर्षि वाल्मीकि, निषादराज, देवी अहिल्या र माता शबरीको विशाल मन्दिर निर्माण गरिने उनले बताए।
आलोक कुमारले भने, राष्ट्रिय स्वयंसेवक सङ्घका 100 वर्ष र विश्व हिन्दू परिषद्को 61 वर्षको यात्रा एउटा नयाँ उडानको रूपमा अघि बढ्नुपर्छ। वकिल, डाक्टर, इञ्जिनियर, चार्टर्ड एकाउन्टेन्टहरूले आफ्नो काम अंग्रेजी सिद्धान्तमा गर्छन्। पश्चिमको जुठोलाई हामी प्रसाद ठान्छौँ। अब आफ्नो अन्तःकरणमा झाँक्नु आवश्यक छ। यस देशका लागि अनुकूल, यस भूमिका लागि अनुकूल, हाम्रो स्वको बोध फेरि प्राप्त गर्नुपर्छ। हिन्दूले हिन्दूको जीवन जिउनु, समाज र परिवारसँग मूल्यमान्यताहरूलाई अँगीकार गर्नु, र विश्वलाई आनन्द र सुखको बाटो देखाउनु, यही संकल्प हामीले यस ध्वजमुनि गरेका छौँ।
हिन्दूहरूको सामर्थ्यबाट बनेको मन्दिर
अशोक सिंहललाई सम्झिँदै आलोक कुमारले भने, जब धेरैको मनमा शंका थियो कि मन्दिर पाउने कि नपाउने, त्यतिबेला सिंहलले ठूलो रकम खर्च गरी भूमि खरिद गरे, कुसुमपुरको पहाडबाट ढुङ्गा मगाएर खिप्ने कार्य शुरु गराए। कार्यशालामा काम कहिल्यै रोकिएन। उनलाई सफलता हुने पूर्ण विश्वास थियो, भारतको धर्मपरायण जनताको सामर्थ्य, पौरुष र आफ्नै शक्तिबाट मन्दिर प्राप्त हुनेछ, कसैको कृपाबाट होइन। जसले अदालतमा लडे, उनीहरूले यसलाई तपको रूपमा लिए।
ध्वजारोहणको अनुभूतिबारे विहिप अध्यक्षले भने, “केही कुराहरू शब्दमा भन्न गाह्रो हुन्छ। अन्तःकरणमा एक सन्तोष, आनन्द, कार्य–पूर्णताको धन्यता र भगवानप्रति कृतज्ञता, त्यो अनुपम अनुभूति छ। काम पूरा भएपछि प्राप्त हुने निश्चयता हामीले अनुभूत गरेका छौँ।”
—————
हिन्दुस्थान समाचार / भवानी थामी
