
दौसा, 6 नोभेम्बर (हि.स.)। गए राती यात्रुहरूले भरिएको एउटा बस कलेक्ट्रेट नजिक अवस्थित रेलवे ओभरब्रिजको रेलिङ्ग भत्काएर ट्र्याक नजिक झऱ्यो। यस दुर्घटनामा 4 जना मानिसहरूको मृत्यु भयो भने 29 जना घाइते भए। गम्भीर रूपमा घाइते सातजना यात्रीहरूलाई जयपुरको सवाई मानसिंह हस्पिटलमा रेफर गरिएको छ। दुर्घटनापछि दिल्ली-जयपुर रेल मार्ग लगभग अढ़ाई घण्टासम्म बन्द रह्यो।
जानकारी अनुसार एक प्राइभेट बस हरिद्वारदेखि उदयपुर गइरहेको थियो। अबेर राती लगभग दुई बजे ओभरब्रिजमा पुगेपछइ बस चालक निन्द्रामा झुले, त्यसपछि बस अनियन्त्रित भएर रेलिङ्ग भत्काउँदै 30 फुट तल रेलवे ट्र्याक नजिक झऱ्यो। उक्त दुर्घटना पश्चात घटनास्थलमा ठूलो खैलाबैला भयो। कलेक्टर चौधरी र बजरङ्ग सिंह शेखावत घटनास्थलमा पुगे। यी अधिकारीहरूले रेलवे अधिकारीहरूसित बातचित गरी दिल्ली-जयपुर रेल मार्गलाई बन्द गराएर घाइतेहरूलाई दौसा जिल्ला अस्पतालमा पठाए। बसमा 35भन्दा अधिक यात्रीहरू सवार थिए जो हरिद्वारमा अस्थि विसर्जन गरेर फर्किरहेका थिए। दुर्घटनामा परी 4 जना यात्रीहरूले ज्यान गुमाए भने 29 जना घाइते भए। गम्भीर रूपमा घाइते 7 जना यात्रीहरूलाई जयपुरको अस्पतालमा रेफर गरिएको छ।
दुर्घटनाको कारणले जयपुर मण्डल अधिनस्थ बाँदीकुई-जयपुर रेलखण्डको भाँकरी-दौसा रेलखण्डको मध्य अप एण्ड डाउन ट्र्याक बाधित भयो। सूचना प्राप्त हुनसाथ जयपुरबाट राहत गाड़ी घटनास्थल तर्फ प्रस्थान भयो। रेल प्रशासन अनि स्थानीय प्रशासनिक अधिकारी एवं कर्मचारीहरू तुरून्त साइट घटनास्थलमा पुगेर राती नै राहत कार्यमा जुटे। रोड क्रेन 4 बजे घटनास्थलमा पुगेपछि 4:45 बजे यात्री बसलाई हटाएर रेलवे ट्र्याकलाई क्लियर गरियो। 5:05 बजे रेलवे ट्र्याकलाई रेल संचालनको लागि व्यवस्थित बनाइयो। घटनाको कारणले गाड़ी संख्या 12957, अहमदाबाद-नयाँ दिल्ली रेलसेवा औ गाड़ी संख्या 19412, दौलतपुर चौक-साबरमती रेल सेवा प्रभावित भयो।
हिन्दुस्थान समाचार/उष्णता
