राँची (झारखंड), 10 दिसम्बर (हि.स.)। कङ्ग्रेसका राज्यसभा सदस्य धीरज साहूको ठेगानामा आइतवार पनि आयकर विभागको छापामारी भइरहेको छ। विभागले छापा मारेको आइतवार पाँचौ दिन पुगिसकेको छ। राँचीको रेडियम रोडस्थित सुशीला निकेतनमा आयकर विभागका अधिकारीहरूको टीम बिहानै आइपुगेको थियो। यस कारबाहीमा टीमलाई के प्राप्त भयो त्यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। यहाँ पनि नगद र कागजपत्र भेटिएको हुनसक्ने अड़कल काड़िएको छ।
विगत चार दिनदेखिको चलिरहेको यस कारबाहीमा धीरज साहूका ठेगानाहरूबाट 176 ब्याग रुपियाँ प्राप्त भएको छ। यसमध्ये अहिलेसम्ममा 40 ब्याग रुपियाँको गन्ती भइसकेको छ भने अब 136 ब्यागको गन्ती हुन बाँकी छ। मसिन खराब भइसक्दा पनि नोटहरू गन्ती गरेर सकिएको छैन। आज अबेर रातीसम्म नोटहरूको गन्ती भइसक्ने अनुमान लगाइँदैछ। 50 जना कर्मचारीहरूले 25 वटा मसिनको माध्यमबाट नोटहरूको गन्ती गरिरहेका छन्। भनिन्छ, जफत गरिएका नोटहरूको आँकड़ाले 400 करोड़ पार गर्नसक्छ।
ओडिशामा बलदेव साहू सन्स एण्ड ग्रुप कम्पनीजका ठेगानाहरूबाट प्राप्त कम्प्यूटर अऩि अन्य डिभाइसहरूको जाँच कार्य शुरू भइसकेको छ। हैदराबादबाट आयकर विभागको 25 सदस्यीय एनालिस्ट टीम यहाँ आइपुगिसकेको छ। अब आईटीको टीमले धीरज साहूको लकरलाई पनि खोल्न सक्नेछ। लकर खोलिएपछि त्यसमा अझ के-के छ भन्ने कुरा थाहा हुनेछ। अहिलेसम्ममा जति पनि ब्याङ्क अकाउण्टहरूको बारेमा पत्तो लागेको छ ती सबैको ट्रान्जेक्शन जाँच गरिनेछ। विभागले कम्पनीका कर्मचारीहरूलाई पनि जाँचबुझको लागि बोलाउन सक्छ।
हिन्दुस्थान समाचार/उष्णता
