नयाँ दिल्ली, 28 नोभेम्बर (हि.स.)। केन्द्रिय उर्जा औ नवीन एवं नवीकरणीय उर्जामन्त्री आरके सिंहले असमको लोअर सुबनसिरी जलविद्युत परियोजनाको दौड़ाह गरेपछि मङ्गलवार एक समीक्षा बैठक गरे। बैठकमा उनले एनएचपीसीका अधिकारीहरू र प्रमुख कार्यका ठेकादारहरूका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै परियोजनालाई निर्धारित समयमा पूरा गर्ने निर्देश दिए। उर्जामन्त्री आरके सिंहले गए सोमवार अरूणाचल प्रदेश र असमस्थित 2000 मेगावाट क्षमता भएको सुबनसिरी तल्लो पनबिजली परियोजनाको दौड़ाह गरी निर्माण गतिविधिहरूको जायजा लिएका थिए। उनले असमको सुबनसिरी परियोजना निर्माण स्थल, बाँध, सेवन संरचना औ असमको गेरूकामुखमा डायभर्जन सुरूङ्गको निरीक्षण गरेका थिए।
बैठक पश्चात मीडियासित बातचित गर्दै मन्त्रीले भने, सुबनसिरी अतिरिक्त अरूणाचल प्रदेश सरकारले 13 परियोजनाहरूको लागि केन्द्रिय सार्वजनिक क्षेत्रका उपक्रमहरूसित समझौता ज्ञापनमा हस्ताक्षर गरेको छ जसको जलविद्युत क्षमता 13,000 मेगावाट हुनेछ। यी परियोजनाहरूले राज्यमा 1.4 लाख करोड़ रुपियाँको निवेश ल्याउनेछन्। यसरी नै जम्मू-कश्मीरमा पाँच जल विद्युत परियोजनाहरू निर्माणाधिन छन्, यसैले जम्मू-कश्मीरमा हाम्रो जलविद्युत क्षमता पनि अघि बढ़िरहेको छ तथा धेरै निवेश आइरहेको छ।
मन्त्रीले भने, जल विद्युतबाट चौबिसै घण्टा नवीकरणीय उर्जा सम्भव छैन। यसैले जलविद्युत परियोजनाहरूको महत्व बढ़ेको छ। उनले यो पनि भने, हामीसित नवीकरणीय उर्जासँगसँगै सौर र पवन पनि छ, तर पनबिजुली बिना चौबिसै घण्टा नवीकरणीय उर्जा सम्भव छैन। उनले देशमा उपल्बध जल विद्युत क्षमतालाई बढ़ीभन्दा बढ़ी प्रयोगमा ल्याउने प्रयास भइरहेको बताउँदै भने, हाम्रो जल विद्युत क्षमता 47,000 मेगावाट छ जुन हाम्रो उपलब्ध जल विद्युत क्षमताको 35 प्रतिशत हो। विकसित देशहरूले आफूमा उपलब्ध जलविद्युत क्षमताको लगभग 70 – 80 प्रतिशत नै प्रयोग गरेका छन्।
सुबनसिरी लोअर जलविद्युत परियोजनाको भ्रमणावधि उर्जा मन्त्रीसित केन्द्रिय उर्जा सचिव पङ्कज अग्रवाल, एनएचपीसी सीएमडी आरके विश्नोई, संयुक्त सचिव (हाइड्रो), विद्युत मन्त्रालय मोहम्मद अफजल, एनएचपीसी निदेशक (परियोजना) विश्वजीत बसु, एनएचपीसी निदेशक (तकनीकी)आर के चौधरी र सुबनसिरी लोअर प्रोजेक्टका एचओपी राजेन्द्र प्रसाद उपस्थित थिए।
हिन्दुस्थान समाचार/उष्णता
