
नयाँ दिल्ली, 13 जनवरी (हि.स.)। राष्ट्रिय राजधानी दिल्लीमा आबकारी घोटालाको जाँचगरिरहेको प्रवर्तन निदेशालय (ईडी)- ले मुख्यमन्त्री अरविन्द केजरीवाललाई चौथो पटक समन पठाएको छ। अहिलेसम्मका कुनै पनि समनमा केजरीवाल पेश भएका छैनन्। उनले आफ्नो लीगल टीमबाट समनको जवाफ पठाएका थिए। अब ईडीले नयाँ समन पठाएर आगामी 18 जनवरीमा जाँचबुझको लागि बोलाएको छ।
मुख्यमन्त्री कार्यालय अनुसार केजरीवाल 18, 19 र 20 -मा गोवा भ्रमणमा रहनेछन्। भनिँदैछ, सम्भतः मुख्यमन्त्री यसपालि पनि ईडीको मुख्यालयमा जाने छैनन्। यसपूर्व 11-12 जनवरीमा केजरीवालको गोवा दौड़ाह प्रस्तावित थियो। प्रस्तावित दौड़ाह गणतन्त्र दिवस कार्यक्रमका तयारीहरूसित सम्बन्धित बैठक आदिको कारणले रद्द भएको थियो।
हिन्दुस्थान समाचार/उष्णता
