नयाँ दिल्ली, 25 अगस्त (हि.स.)। इतिहासको पानामा 26 अगस्तको तारिक धेरै महत्वपूर्ण घटनाहरूका लागि दर्ता छ। 26 अगस्त 1910 मा मदर टेरेसाको जन्म भयो, जसले पूरा जीवन मानव सेवाको निम्ति लगाइन्। विश्वभरिमा उनलाई दया र सेवाको प्रतिमूर्ति मानिन्छ। उनको अद्वितीय योगदानको निम्ति उनलाई भारत रत्न र नोबेल शान्ति पुरस्कार सहित धेरै अन्तरराष्ट्रिय सम्मान प्राप्त भयो।
अन्य अहम घटनाहरूः
1303 – दिल्ली सल्तनतका सुल्तान अलाउद्दीन खिलजीलेल चित्तौड़गढ़मा कब्ज़ा गरे।
1914- बंगालका क्रान्तिकारीहरूले कलकत्तामा ब्रिटिश बेड़ामाथि हमला गरी 50 माउजर र 46 हज़ार राउण्ड गोली लूटे।
1914 – प्रथम विश्व युद्धमा टेनबर्गको लड़ाई भयो, जसमा रूसी सेनालाई भारी नोकसान भयो।
1920 – अमेरिकामा महिलाहरूले मताधिकार पाए।
1950 – मिशनरीज अफ चैरिटीको स्थापना गरियो।
1977 – जर्मनीको म्यूनिख शहरमा 20औं ओलम्पिक खेलहरूको शुरूआत।
1982 – नासाले टेलीसेट-एफको प्रक्षेपण गऱ्यो।
1999 – माइकल जनसनले 400 मीटर दौड़मा विश्व रिकार्ड बनाए।
2001 – बांग्लादेशका पूर्व प्रधानमन्त्रीलाई जेल पठाइयो।
2002 – दक्षिण अफ्रीकाको जोहानिसबर्ग शहरमा दश दिवसीय पृथ्वी सम्मेलन शुरू भयो।
2007 – पाक-अफ़ग़ान सीमामा अमेरिकी नेतृत्व सेनाले 12 तालिबानीलाई माऱ्यो।
2008- तेलगु फ़िल्महरूका सुपर स्टार चिरन्जीवीले आफ्नो नयाँ पार्टी प्रजा राज्यमको उद्घाटन गरे।
2013 – फिलीपीन्न्समा विकास सहायता कोष घोटालालाई लिएर विरोध प्रदर्शन।
2015 – अमेरिकाको वर्जीनियामा दुई पत्रकारको गोली दागेर हत्या गरियो।
जन्मः
1891 – आचार्य चतुरसेन शास्त्री – हिन्दी साहित्यका एक महान् उपन्यासकार।
1910 – मदर टेरेसा – भारत रत्न र नोबेल शान्ति पुरस्कारले सम्मानित।
1927 – बालकृष्ण विट्ठलदास दोशी – भारतका प्रसिद्ध वास्तुकार हुन्।
1927 – बंसीलाल – हरियाणाका पूर्व मुख्यमन्त्री र स्वतन्त्रता सेनानी।
1928 – ओम प्रकाश मुंजल – हीरो साइकिल्सका सह संस्थापक भारतीय व्यापारी र समाजसेवी।
1951 – लुइज़िन्हो फ़लेरो – भारतीय राष्ट्रिय कांग्रेसका राजनीतिज्ञ हुन्, जो गोवाको भूतपूर्व मुख्यमन्त्री रहेका छन्।
1956 – मेनका गान्धी- प्रसिद्ध राजनेत्री एवं पशु-अधिकारवादी।
1964 – दिनेश रघुवंशी – प्रसिद्ध साहित्यकार (गीत, ग़ज़ल)।
1972 – इन्द्र कुमार – भारतीय हिन्दी सिनेमाका प्रसिद्ध सहायक अभिनेताहरूमध्ये एक थिए।
1987 – जीतू राई – भारतीय निशानेबाज हुन्।
निधनः
1910 – विलियम जेम्स – प्रसिद्ध अमरीकी दार्शनिक तथा मनोवैज्ञानिक।
1934 – अतुल प्रसाद सेन – प्रसिद्ध विधिवेत्ता, शिक्षा प्रेमी, रचनाकार तथा बांग्ला भाषाका प्रसिद्ध कवि र संगीतकार थिए।
1948 – कृष्णजी प्रभाकर खाडिलकर – प्रसिद्ध भारतीय मराठी लेखक र नाटककार थिए।
1963 – राधेश्याम कथावाचक – पारसी रंगमंच शैलीका हिन्दी नाटककारहरूमा प्रमुख थिए।
1975 – एन. एस. हार्डिकर – प्रसिद्ध स्वतन्त्रता सेनानी तथा ‘हिन्दुस्तानी सेवादल’ का संस्थापक।
2011 – के. ए. दिनशा – चिकित्सीय क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने महिला थिइन्।
2012 – ए. के. हंगल – प्रसिद्ध अभिनेता र दूरदर्शन कलाकार।
महत्वपूर्ण दिवस र अवसरः
राष्ट्रिय नेत्रदान पखवाड़ा
महिला समानता दिवस
हिन्दुस्थान समाचार / भवानी थामी
