नयॉं दिल्ली, 14 फरवरी : भारतीय जनता पार्टी (भाजपा) ले आज (बुधवार) वसन्त पञ्चमीमा देशवासीहरूलाई शुभकामना दिएको छ। भाजपाले एक्स ह्यान्डलमा लेखेको छ, ‘तपाईहरू सबैलाई वसन्त पञ्चमीको शुभकामना।’
उल्लेखनीय छ, वसन्त पञ्चमीको यस पावन अवसरमा आज उत्तर प्रदेशमा प्रयागराजको संगम तटमा ठूलो संख्यामा स्नान गर्न श्रद्धालुहरू एकत्रित भएका छन्। मध्य प्रदेशको उज्जैनमा पनि श्री महाकालेश्वर मन्दिरमा वसन्त पञ्चमीमा विशेष आरती गरियो। वसन्त पञ्चमीको चाडले देवी सरस्वतीको महत्वलाई दर्साउॅंछ।
