• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > आज धनतेरसमा पूर्वा फाल्गुनी नक्षत्र र ब्रह्म योगको विशेष संयोग, यसपालि छ दिनसम्म चल्नेछ दीप पर्व
National

आज धनतेरसमा पूर्वा फाल्गुनी नक्षत्र र ब्रह्म योगको विशेष संयोग, यसपालि छ दिनसम्म चल्नेछ दीप पर्व

CliQ INDIA
Last updated: October 18, 2025 6:40 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

भोपाल, १८ अक्टोबर (हि.स.)।

यस वर्षको दीपावली पर्व पाँच होइन, छ दिनसम्म मनाइने भएको छ। दीपोत्सवको सुरुवात आज धनतेरसबाट हुनेछ। यसपालि पितृ कार्यकी अमावस्या २१ अक्टोबरमा परेकाले पर्वहरूको क्रम एक दिन पछाडि सरेको हो। यसअनुसार दीपावलीको मुख्य पर्व २० अक्टोबरमा, गोवर्धन पूजा २२ अक्टोबरमा र भाईटिका २३ अक्टोबरमा मनाइनेछ।

सम्राट विक्रमादित्य विश्वविद्यालय, उज्जैनका ज्योतिष विभागका आचार्य डा. सर्वेश्वर शर्माका अनुसार, यस वर्षको दीप महोत्सवमा १८ अक्टोबरमा धनतेरस, १९ अक्टोबरमा रूप चतुर्दशी, २० अक्टोबरमा दीपावली, २१ अक्टोबरमा पितृ कार्यको अमावस्या, २२ अक्टोबरमा गोवर्धन पूजा र २३ अक्टोबरमा भाईटिका पर्व मनाइनेछ। डा. शर्माले भने, “यसपालि दीप पर्व पूर्वा फाल्गुनी नक्षत्र र ब्रह्म योगको विशेष संयोगमा मनाइने भएकाले यो अत्यन्त शुभ मानिएको छ।”

ज्योतिषाचार्य पं. चन्दन व्यासका अनुसार, त्रयोदशी तिथि शनिबार दिउँसो १२ बजेर २० मिनेटपछि सुरु हुनेछ। यस दिन पूर्वा फाल्गुनी नक्षत्र र ब्रह्म योगको मेलले पर्वलाई अझ मंगलमय बनाउनेछ। पौराणिक मान्यताअनुसार, कार्तिक महिनाको कृष्ण पक्ष त्रयोदशीका दिन समुद्र मन्थनबाट भगवान् धन्वन्तरि अमृत कलशसहित प्रकट भएका थिए, त्यसैले यो तिथिलाई धनतेरस वा धनत्रयोदशी भनिन्छ। यस दिन भगवान् धन्वन्तरि, माता लक्ष्मी, भगवान् कुबेर, यमराज र श्री गणेशको पूजा गरिन्छ।

धनतेरसका दिन किनमेल गर्नु शुभ मानिन्छ। ज्योतिषाचार्य व्यासका अनुसार, यस दिन सुन–चाँदी, भाँडाकुडा, सवारी साधन, कुबेर यन्त्र, गोमती चक्र तथा देवी–देवताका मूर्तिहरू किन्नु विशेष लाभदायक हुन्छ। त्यसैगरी झाडू किन्नु पनि शुभ मानिन्छ, किनभने यसलाई दरिद्रता नाशक र लक्ष्मी आगमनको प्रतीक भनिएको छ। विद्वान्हरूका अनुसार, व्यक्तिले आफ्नो सामर्थ्यअनुसार वस्तुहरू खरिद गर्नुपर्छ, ताकि लक्ष्मीको कृपा स्थायी रहोस्।

आचार्य भरत दुबेका अनुसार, हिन्दू पात्रोअनुसार यस वर्ष धनतेरसको पर्व शनि प्रदोष व्रतको संयोगमा परेको छ, जसले यसको धार्मिक महत्व अझ बढाएको छ। महाकालेश्वर मन्दिरमा शनिबार विशेष पूजन, अभिषेक र रुद्रपाठको आयोजना हुनेछ। मन्दिरका पुजारी दिलीप गुरुका अनुसार, बिहान भगवान् महाकालको अभिषेक–पूजन हुनेछ, अपराह्न ४ बजेदेखि गर्भगृहमा रुद्रपाठ हुनेछ र साँझ विशेष आरतीसहित नैवेद्य अर्पण गरिनेछ।

ज्योतिषाचार्यहरूको भनाइमा, यसपालिको दीपोत्सव धार्मिक र ज्योतिषीय दृष्टिले अत्यन्त शुभ रहनेछ। पूर्वा फाल्गुनी नक्षत्र, ब्रह्म योग र शनि प्रदोषजस्ता योगहरूले धनतेरस र दीपावली दुबैलाई विशेष बनाइरहेका छन्। उज्जैनसहित सम्पूर्ण प्रदेशमा भक्तहरूले माता लक्ष्मी, भगवान् धन्वन्तरि र महाकालेश्वरको पूजा गरी सुख, स्वास्थ्य र समृद्धिको कामना गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

हावडामा बिहारका हिस्ट्रीशीटर सुरेश यादवको हत्या
प्रधानमन्त्री यूएईमा आज साझँ ‘अहलान मोदी’ कार्यक्रममा हिस्सा लिन उत्सुक
भारत 2027 सम्ममा दाल उत्पादनको क्षेत्रमा आत्मनिर्भर हुनेछ: शाह
सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पाँच जवानको मृत्युमा शोक व्यक्त गरे | BulletsIn
भारत-बङ्गलादेश सम्बन्धको नयाँ अध्याय, प्रधानमन्त्री मोदी र हसीनाले 3 परियोजनाको गरे उद्घाटन

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भारत ट्याक्सीको ऐतिहासिक सुरुवात- जयेन मेहताले अध्यक्षको भूमिका सम्हाल्ने, सहकारी यातायात क्रान्तिलाई अगाडि बढाउने लक्ष्य | BulletsIn
Next Article काली पूजा पण्डालमा 1101 जना महिलाहरूले महाआरती गर्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?