अयोध्याधाम, 17 जनवरी (हि.स.)। अयोध्याधामको विवेक सृष्टि परिसरमा मंगलवार शुरू भएको रामललाको प्राण प्रतिष्ठाको सात दिवसीय अनुष्ठान आजदेखि श्रीराम जन्मभूमि परिसरमा गरिने छ। बुधवार रामललाको मूर्तिले परिसरमा प्रवेश गर्नेछ। मूर्तिलाई परिसरको भ्रमण गराइने छ।
विवेक सृष्टि परिसरमा प्रायश्चित पूजन र कर्मकुटी पूजनको साथमा रामललाको प्राण प्रतिष्ठाको अनुष्ठान हिजो शुरू भयो। प्राण प्रतिष्ठाको मुख्य यजमान श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य डा. अनिल मिश्रलाई बनाइएको छ। हिजो लगभग तीन घण्टासम्म प्रायश्चित पूजा भयो।
यसपछि यजमानलाई सरयू स्नान गराइयो। मूर्ति निर्माण स्थलको पनि पूजा गरियो। चयनित मूर्तिको शुद्धीकरण गर्दै उनको ऑंखामा पट्टी बॉंधियो। यो पट्टी 22 जनवरीमा खोलिने छ।
प्रायश्चित पूजाको माध्यमद्वारा रामललासॅंग क्षमा मागिएको छ। यो मूर्ति बनाउने क्रममा कुनै पनि कारणले उहॉंलाई चोट लागेको हुन सक्छ, त्यसका लागि क्षमा मागिन्छ। यसपछि कर्मकुटी पूजनको प्रक्रिया भयो। यो पूजापछि मन्दिर र प्राण प्रतिष्ठासॅंग जोडिएको कार्यक्रम शुरू भयो।
हिन्दुस्थान समाचार/बिशाल
