तेल अवीव, 08 अगस्त (हि.स.)। इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गाजा कब्जा गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ। सुरक्षा मन्त्रिपरिषद्ले गाजामा युद्ध अन्त्य गर्न पाँच सिद्धान्तहरू अपनाएको छ। यीमध्ये सबैभन्दा महत्त्वपूर्ण गाजा पट्टीमा इजरायली सुरक्षा बलहरूको नियन्त्रण र नयाँ नागरिक प्रशासन हो। प्रधानमन्त्री कार्यालयले शुक्रवार यो जानकारी दिएको छ।
सीएनएन च्यानलको समाचार अनुसार, पाँच सिद्धान्तहरू हुन्- आतङ्कवादी समूह हमासको निशस्त्रीकरण। जीवित वा मृत सबै बन्धकहरूको फिर्ता। गाजाको पूर्ण विसैन्यीकरण। गाजामा इजरायली सुरक्षा बलहरूको नियन्त्रण र एउटा यस्तो प्राधिकरणको स्थापना जहॉं हमास र प्यालेस्टिनी प्राधिकरण हुने छैनन्। प्रधानमन्त्री नेतन्याहूको कार्यालयले सुरक्षा मन्त्रिपरिषद्ले सबै पाँच सिद्धान्तहरूलाई अनुमोदन गरेको जानकारी गराएको छ।
सुरक्षा मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने, ‘इजरायल गाजामा शासन गर्न चाहँदैन। हामी यसलाई अरब शक्तिहरूलाई सुम्पन चाहन्छौं जसले हामीलाई धम्की नदिई यसलाई उचित रूपमा शासन गर्नेछन् र गाजाका जनतालाई राम्रो जीवन प्रदान गर्नेछन्। हमासबाट यो सबै सम्भव छैन।’ प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमा स्पष्ट पारेको छ, ‘सुरक्षा मन्त्रिपरिषद्ले हमासलाई पराजित गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई अनुमोदन गरेको छ।’
हिन्दुस्थान समाचार / भवानी थामी
