
चण्डीगढ़, 17 अक्टोबर (हि.स.)। पंजाब पुलिसले मंगलवार बिहान जीरामा कंग्रेसका पूर्व विधायक कुलबीर सिंह जीरालाई उनको घरबाटै पक्राउ गऱ्यो। घरमा पुलिस आएको समय जीरा सुतिरहेका थिए। उनलाई सरकारी काममा बाधा पुऱ्याएको आरोपमा पक्राउ गरिएको हो।
यसअघि जीराले एक प्रेस कन्फ्रेन्समा मंगलवार स्वयं नै पुलिस समक्ष आत्मसमर्पण गर्ने बताएका थिए। उनीविरूद्ध चार दिनपूर्व फिरोजपुरमा मामिला दर्ता गरिएको थियो। यो मामिला पुलिसले जीरा सम्बन्धि बीडीओपीको सिकायतमा दर्ता गरेको थियो। सिकायतमा भनिएको थियो, गत 11 र 12 अक्टोबरका दिन कुलबीर सिंह जीराले उनको कार्यालय सामु धर्ना दिएका थिए। यस अवधि जीरा आफ्ना साथीहरूसित उनको कोठामा बलजफ्ती प्रवेश गरेका थिए। उनले सरकारी काममा हस्तक्षेप सहित कर्मचारीहरूप्रति दुर्व्यवहार पनि गरेका थिए।
हिन्दुस्थान समाचार/उष्णता
