
उदयपुर, 16 अक्टोबर (हि.स.)। राजस्थानमा आगामी विधानसभा चुनाउको तयारीलाई मध्यनजर गर्दै भारतीय जनता पार्टी (भाजपा)-का राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डा सोमवार बिहान उदयपुर आइपुगेका छन्। यहाँ उनी उदयपुर सम्भागका कार्यकर्ताहरूको बैठकमा सामेल हुन आएका हुन्। उदयपुर आइपुगेपछि उनलाई पूर्व मुख्यमन्त्री वसुन्धरा राजे, प्रदेश अध्यक्ष सीपी जोशी र प्रभारी अरूण सिंहले स्वागत गरे।
उदयपुरको महाराणा प्रताप हवाईअड्डामा पुगेपछि नड्डालाई भाजपाका वरिष्ठ पदाधिकारीहरूले स्वगात गरे। त्यसपछि उनी सोझै बैठक स्थलमा पुगे। बैठक उदयपुर सम्भागका महत्वपूर्ण कार्यकर्ता एवं पदाधिकारीहरूलाई लिएर आयोजना गरिएको छ। दुई चरणमा हुने बैठकको पहिलो चरणमा उदयपुर शहर, देहात, प्रतापगढ़ र चित्तौड़ जिल्ला सामेल छ भने दोस्रो चरणमा बाँसवाड़ा, डुङ्गरपुर र राजसमन्द जिल्ला सामेल छ।
हिन्दुस्थान समाचार/उष्णता
