बंगालको खाड़ीमा उठेको चक्रवाती तूफान रूमेल आज मध्य रातमा पश्चिम बंगालका तटीय क्षेत्रहरूमा ठोकिने सम्भावना छ। अलीपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयले आइतवार बिहान जारी बयानमा यस चक्रवातको प्रभावले राजधानी कोलकातामा 4.2 मिलीमीटर वर्षा रेकर्ड गरिएको बताएको छ। तापक्रममा कुनै ह्रास नआए पनि न्यूनतम तापक्रम सामान्यभन्दा एक डिग्री धेरै 27.3 डिग्री सेल्सियस र अधिकतम तापक्रम सामान्यभन्दा दुई डिग्री धेरै 37 डिग्री सेल्सियस रेकर्ड गरिएको छ। विभागले आज दिनभरि पानी पर्ने र 70-80 किलोमीटरको रफ्तारले हावा चल्ने अनुमान गरेको छ। यसबाट ज्यान मालको नोकसान हुनसक्ने चेतावनी दिइएको छ। राज्य आपदा राहत बल (एसडीआरएफ) र एनडीआरएफको टीम बचाउ अभियानको निम्ति बंगाल पुगेका छन्।
BulletsIn
- बंगालको खाड़ीमा उठेको चक्रवाती तूफान रूमेल पश्चिम बंगालका तटीय क्षेत्रहरूमा आज मध्य रातमा ठोकिने सम्भावना।
- अलीपुरस्थित मौसम विभागले आइतवार बिहान जारी बयानमा यस चक्रवातको प्रभावले कोलकातामा 4.2 मिलीमीटर वर्षा रेकर्ड भएको जानकारी।
- कोलकातामा न्यूनतम तापक्रम 27.3 डिग्री सेल्सियस र अधिकतम तापक्रम 37 डिग्री सेल्सियस रेकर्ड।
- चक्रवातको प्रभावले आज दिनभरि पानी पर्ने अनुमान।
- राजधानीमा 70-80 किलोमीटर प्रति घण्टाको रफ्तारले हावा चल्ने चेतावनी।
- पश्चिम बंगालका समुद्र तटीय जिल्ला हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना तथा पूर्व र पश्चिम मेदिनीपुरमा 135 किलोमीटर प्रति घण्टाको बेगले तीव्र आंधी तूफानको सम्भावना।
- एनडीआरएफको 12 टुक्री पश्चिम बंगालमा पुगिसकेको।
- भारतीय वायु सेना, नेवी र कोस्ट गार्ड पनि राहत र बचाउ कार्यको लागि तत्पर।
- कोलकाता पुलिसले कन्ट्रोल रूम स्थापना गरेको।
- राज्य सचिवालय नवान्नमा पनि कन्ट्रोल रूम सञ्चालनमा।
