कोलकाता, 01 जनवरी (हि.स.)। नववर्षको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिहिवार सोशल मीडिया मञ्च एक्समा देश-प्रदेशवासीहरूलाई शुभकामना दिइन्। उनले आफ्नो सन्देशमा सबैसित सदैव हाँस्ने अनि नयाँ वर्षलाई खुशीसाथ मनाउने आह्वान गरिन्।
मुख्यमन्त्री ममता ब्यानर्जीले लेखिन्, यो खुशी र उल्लासको दिन हो र सबैलाई नयाँ वर्ष 2026-को हार्दिक बधाई। उनले बताइन्, यस विशेष अवसरमा आफूद्वारा लिखित एवं स्वरबद्ध गरिएको एउटा गीत सबैसित साझा गरिरहेकी छु। यस गीतलाई प्रसिद्ध गायक इन्द्रनील सेनले स्वर दिएका छन्।
यस अतिरिक्त मुख्यमन्त्रीले एउटा भिन्नै पोस्ट गरी पवित्र कल्पतरू उत्सवको अवसरमा पनि सबैलाई शुभकामना दिइन्। उनले भनिन्, यो पर्व आस्था अनि विश्वासको प्रतीक हो र यस पावन अवसरमा उनले सबैको लागि सुख-समृद्धिको कामना गर्दछन्।
ममता ब्यानर्जीका यी सन्देशहरूलाई सोशल मीडियामा मानिसहरूले व्यापक रूपमा साझा गर्दै नववर्षसँगसँगै कल्पतरू उत्सवको शुभकामना पनि आदान-प्रदान गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
