
कछार (असम), 25 दिसम्बर (हि.स.)। कछार जिल्लाको उदारबन्द क्षेत्रमा गए बुधवार राती भएको भीषण अग्निकाण्डमा एउटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। यस घटनामा लाखौं रुपियाँको सम्पत्तिको नोक्सान भएको बताइन्छ, तथापि कुनै प्रकारको मानवीय क्षति भने भएको छैन।
प्राप्त जानकारी अनुसार आगो नूर आलम लस्कर नामक व्यक्तिको घरमा लागेको हो। आगो द्रूत गतिमा फैलिएको कारणले हेर्दा-हेर्दै सम्पूर्ण घर जलेर स्वाहा भयो। घरमा राखिएका सबै सामानहरू जस्तै फर्नीचर, घरेलु उपयोगका वस्तु एवं अन्य मूल्यवान सामानहरू खरानीमा परिणत भएको छ।
सूचना प्राप्त भएपछि स्थानीय मानिसहरू अनि दमकल विभाग घटनास्थलमा पुगे। लामो परिश्रम गरेर आगोलाई नियन्त्रण गरियो। आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। मामिलाको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
