• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > सिक्किम भारतको सबैभन्दा प्रगतिशील, शान्तिपूर्ण र पर्यावरणीय रूपमा सचेत राज्य: राज्यपाल
Regional

सिक्किम भारतको सबैभन्दा प्रगतिशील, शान्तिपूर्ण र पर्यावरणीय रूपमा सचेत राज्य: राज्यपाल

CliQ INDIA
Last updated: August 15, 2025 4:06 pm
CliQ INDIA
Share
4 Min Read
SHARE

गान्तोक, 15 अगस्त (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले 79औं स्वतन्त्रता दिवसको गौरवपूर्ण अवसरमा देशवासीहरू र सिक्किमका सबै नागरिकहरूलाई हार्दिक शुभकामना र बधाई व्यक्त गरेका छन्। राज्यपालले आज हरेक भारतीयहरूको लागि विशेष अवसर रहेको बताउॅंदै आज हामी विदेशी शासनबाट स्वतन्त्रता प्राप्त गर्न आफ्नो जीवन समर्पित गर्ने वीर स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दछौं भनेका छन्।

राज्यपाल माथुरले स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा जारी आफ्नो सन्देशमा भने, ‘आज हामी एक बलियो, आत्मनिर्भर र प्रगतिशील राष्ट्रको रूपमा अगाडि बढिरहेका छौं। यसको श्रेय हाम्रो संविधान र लोकतान्त्रिक मूल्यमान्यताहरूलाई मात्र नभई सीमा क्षेत्रमा तैनाथ रहेका र कठिन भौगोलिक र प्रतिकूल मौसमी परिस्थितिको बावजुद राष्ट्रको रक्षा गर्न अदम्य साहस, अनुशासन र समर्पण प्रदर्शन गरिरहेका वीर सशस्त्र बलहरूलाई पनि जान्छ।’

अपरेशन सिन्दूरको उल्लेख गर्दै राज्यपालले हालै अपरेशन सिन्दूरको अभूतपूर्व सफलतामा सशस्त्र बलहरूको असाधारण समर्पण फेरि एक पटक उजागर भएको बताएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम नेतृत्वमा यस अपरेशनको सटीक रणनीति र निर्णायक कार्यले सम्पूर्ण राष्ट्रलाई गर्व दिलाएको छ र विश्व मञ्चमा साहस र दृढ विश्वासको प्रतीकको रूपमा भारतको प्रतिष्ठालाई उच्च बनाएको बताएका छन्।

राज्यपालले भने, ‘यस वर्षको स्वतन्त्रता दिवसले सिक्किमको लागि विशेष महत्व राख्छ किनकि हामी १९७५ मा भारतीय संघको अभिन्न अंग बनेको सम्झनामा राज्यको स्थापनाको स्वर्ण जयन्ती वर्षको रूपमा मनाइरहेका छौं। विगत पचास वर्षमा, भारत सरकारको निरन्तर समर्थन र हाम्रा जनताको अटल प्रतिबद्धताका साथ सिक्किमले हरेक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ र आज यो भारतको सबैभन्दा प्रगतिशील, शान्तिपूर्ण र पर्यावरणीय रूपमा सचेत राज्यहरू मध्ये एकको रूपमा देखा परेको छ। उत्तरी सिक्किमको उच्च पहाडी श्रृंखलादेखि दक्षिणको हरिया उपत्यकाहरूसम्म, हाम्रा राष्ट्रिय प्रमुख योजनाहरूले राज्यको हरेक कुनामा विकास र रूपान्तरणको नयाँ कथा सिर्जना गरेका छन्।’

शिक्षाको क्षेत्रमा बोल्दै राज्यपालले भनेका छन्, ‘आधारभूत साक्षरता र संख्यात्मकताको क्षेत्रमा हाम्रो प्रयासले सिक्किमलाई उत्तर-पूर्वी राज्यहरूमा एफएलएन सूचकांकको शीर्ष स्थानमा राख्न मद्दत गरेको छ। १४ विश्वविद्यालयहरू स्थापना भएपछि हाम्रो उच्च शिक्षा क्षेत्र विस्तार भएको छ, र १२ थप प्रक्रियामा छन्।’ भारत सरकारको ग्रामीण विकास मन्त्रालयको पूर्ण सहयोगमा सिक्किमले महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐन (मनरेगा), प्रधानमन्त्री आवास योजना-ग्रामीण (पएमएवाई-ग्रामीण), र राष्ट्रिय ग्रामीण जीविकोपार्जन मिशन जस्ता परिवर्तनकारी योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरेको बताएका छन्।

राज्यपालले अझ भने, ‘पशुपालन तथा दुग्ध विकास विभागसँगको सहकार्यमा, हामीले २० वटा नयाँ दूध सङ्कलन केन्द्रहरू स्थापना गरेका छौं, जसमध्ये धेरै महिला समूहहरूद्वारा सञ्चालित छन्। यसका साथै, सिक्किम दूध संघ मार्फत १६ वटा नयाँ दुग्ध तथा मिठाई उत्पादनहरू पनि सुरु गरिएको छ। केन्द्रका योजनाहरू अन्तर्गत मिनी-हाइडेल सिँचाइ र आधुनिक ग्रीन हाउसहरू सुरु गरिएको छ, जसको परिणामस्वरूप कृषि प्रणाली अब दिगो भएको छ र वर्षभरि निरन्तर उत्पादन सुनिश्चित गरिएको छ।’

राज्यपालले युवाहरूका लागि अन्तरराष्ट्रिय स्तरमा रोजगारीका अवसरहरू पनि विस्तार गरिएको बताउॅंदै जर्मनीमा नर्सहरूको सफल नियुक्तिपछि सरकारले राज्यका युवाहरूलाई विदेशमा रोजगारीको लागि राम्रोसँग तयार पार्न कोरियाली, जापानी र मन्डारिन भाषाहरूमा तालिम कार्यक्रमहरू सुरु गरिएको बताएका छन्। उनले भने, ‘सिक्किमको पर्यटन एउटा महत्त्वपूर्ण क्षेत्र हो, जहाँ राज्यको प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि र परम्परागत आतिथ्यले विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्ने अद्वितीय अनुभव प्रदान गर्दछ। भारत सरकारको सहयोगमा, हामीले नयाँ पर्यटकीय सर्किटहरू विकास गरेका छौं, प्रमुख गन्तव्यहरूमा पहुँच सुधार गरेका छौं, र पर्यटकहरूका लागि आवश्यक सुविधाहरू विस्तार गरेका छौं।’

राज्यपालले भने, ‘सेवक-रम्फू रेलवे परियोजना हाम्रो क्षेत्रको लामो समयदेखिको र बहुप्रतिक्षित महत्वाकांक्षा हो, जुन अब वास्तविकतामा परिणत हुने दिशामा स्थिर रूपमा अगाडि बढिरहेको छ। यो परियोजना भारतीय रेलवेद्वारा पूर्ण रूपमा वित्त पोषित र कार्यान्वयन भइरहेको छ। परियोजना पूरा भएपछि, यो रेल लिंकले यात्रु आवागमनलाई सहज बनाउनुका साथै माल ढुवानी क्षमतालाई पनि बलियो बनाउनेछ। यो समग्र विकासको लागि एक शक्तिशाली साधन पनि साबित हुनेछ, जसले स्थानीय र क्षेत्रीय आर्थिक गतिविधिहरूलाई बढावा दिनेछ।’

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

दृष्टिबाधितहरूको लागि शिक्षा, आत्मनिर्भरता औ समान अवसर सुनिश्चित गर्नु सरकारको प्राथमिकता हो: इन्द्राज
एसआईआरः सुनवाई केन्द्रहरूमा बूथ स्तरीय एजेन्टहरूलाई प्रवेश गर्ने अनुमति नदिएकोमा चुनाउ आयोगले दियो स्पष्टिकरण
चोरेको मोबाइललाई नेपालमा सप्लाई गर्ने आरोपी पक्राउ
आकाश सफा हुनसाथ बंगालमा शुरू भयो जाडो
भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनसँग नयाँ दिल्लीमा शिष्टाचार भेट

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article लाल किलामा प्रधानमन्त्रीले फहराए राष्ट्रिय ध्वज
Next Article लाल किलाको प्राचीरबाट प्रधानमन्त्रीले भने- आत्मनिर्भरता विकसित भारतको आधार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?