खड़गपुर (पश्चिम बंगाल), 28 अक्टोबर (हि.स.)। पश्चिम बंगालको पश्चिम मेदिनीपुर जिल्लामा खड़गपुर थाना अन्तर्गत बारामुला क्षेत्रमा आज बिहान भएको सड़क दुर्घटनामा लगभग 6-जना मानिसहरूले ज्यान गुमाए अनि धेरैजना घाइते भए। घाइतेहरूलाई खड़गपुर महकुमा अस्पताल र मेदिनीपुर मेडिकल कलेज अस्पतालमा भर्ती गरिएको छ। चार घाइतेहरूको अवस्था गम्भीर छ। एकजना घाइतेलाई उपचारको निम्ति कोलकाता रेफर गरिएको छ।
प्रत्यक्षदर्शीहरूले बताए अनुसार एउटा पिकअप भ्यानमा फूलहरूले भरिएका बोराहरूलाई लाद्ने क्रममा पछिबाट एउटा ट्रकले ठक्कर दियो जसले गर्दा पिकअप भ्यान छेवैको पोखरीमा झऱ्यो। भ्यानमा लगभग 20-22 फूल विक्रेता सवार थिए। यिनीहरूले भ्यानलाई लोहाघाट पुऱ्याउने तयारी गरिरहेका थिए। पुलिसको भनाइ छ, यो दुर्घटना भोर बिहान लगभग 3 बजे डेबरा टोल प्लाजादेखि एक किलोमीटर टाड़ा बारामुलामा भएको हो। मृतकहरू मकसुदपुरका वासिन्दा हुन्। अहिले यिनीहरूको पहिचान हुन सकेको छैन।
हिन्दुस्थान समाचार/उष्णता
