• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > रणभूमि दर्शन पहल अन्तर्गत सिक्किमको चो-ला पास र डोक-ला पास पर्यटनका लागि खुल्ला
Regional

रणभूमि दर्शन पहल अन्तर्गत सिक्किमको चो-ला पास र डोक-ला पास पर्यटनका लागि खुल्ला

CliQ INDIA
Last updated: December 16, 2025 4:46 am
CliQ INDIA
Share
3 Min Read
SHARE
चो-ला पास र डोक-ला पास पर्यटनका लागि खुल्ला

– सीमावर्ती क्षेत्रको पर्यटन प्रवर्द्धन र स्थानीय समुदायका लागि जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्य: मुख्यमन्त्री

गान्तोक, 15 दिसम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले रणभूमि दर्शन पहल अन्तर्गत सिक्किममा भारत-चीन सीमा क्षेत्रस्थित चो-ला पास र डोक-ला पासलाई पर्यटनका लागि औपचारिक रूपमा खुल्ला भएको घोषणा गरेका छन्। मुख्यमन्त्रीले सोमवार बिहान राजधानीको रिज पार्कमा आयोजित एक समारोहमा २५ वटा मोटरसाइकल र सवारी साधनलाई झण्डा देखाएर यस पहलको औपचारिक रूपमा शुभारम्भ गरे।

पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री तामाङले चो-ला पास र डोक-ला पासको उद्घाटन भाइब्रेन्ट भिलेज कार्यक्रम अन्तर्गत गरिएको बताए। यसले सीमावर्ती क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न तथा विनियमित पर्यटन गतिविधिमार्फत स्थानीय समुदायका लागि जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्य राखेको उनले जानकारी गराए। उनले केन्द्र सरकार, राज्य सरकार तथा सेनाबीचको समन्वयका कारण यो पहल सम्भव भएको बताए।

मुख्यमन्त्रीले रणभूमि दर्शनको उल्लेख गर्दै यस पहलले रणनीतिक रूपमा महत्वपूर्ण सीमावर्ती क्षेत्रहरूलाई विनियमित पर्यटनमार्फत खोल्दै ती क्षेत्रहरूको ऐतिहासिक तथा सैनिक महत्वलाई उजागर गर्ने उद्देश्य राखेको बताए। उनले युद्धभूमि पर्यटनको व्यापक अवधारणा अन्तर्गत परिकल्पित यस कार्यक्रमले सशस्त्र बलको वीरता र बलिदानप्रति जनचेतना अभिवृद्धि गर्ने, पर्यटकहरूमा देशभक्तिको भावना जगाउने तथा कड़ा सुरक्षा र पर्यावरणीय मापदण्ड कायम राख्दै स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्नु रहेको बताए।

मुख्यमन्त्रीले सो क्षेत्रमा पूर्वाधार विकास कार्य तीव्र गतिमा भइरहेको र पर्यटन गतिविधिलाई सहयोग पुर्‍याउन आवश्यक सुविधा उपलब्ध गराइने पनि जानकारी दिए। उनले रणभूमि दर्शन अन्तर्गत सेनाद्वारा आयोजना गरिएको सुपर कार र्‍यालीले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको उल्लेख गरे। उनले भारतीय सेनाका अधिकारी मेजर जनरल एमएस राठोड़, उनको टोली र आयोजनासँग सम्बन्धित सम्पूर्ण टोलीलाई सफल आयोजनाका लागि धन्यवाद दिए।

राज्य पर्यटन एवं नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव सीएस रावले पछिल्लो दुई महिनादेखि विभागले सेनासँगको समन्वयमा यी पासहरू पर्यटनका लागि खोल्न निरन्तर काम गरिरहेको बताए। उनले पूर्वाधार विकास कार्य जारी रहेको भए पनि आधारभूत सुविधा पहिले नै उपलब्ध गराइसकिएको बताए। उनले रणभूमि दर्शन सर्किटलाई युद्धभूमि पर्यटन अनुभवका रूपमा दुई दिने प्याकेजका रूपमा सञ्चालन गरिने जानकारी गराए। यस अन्तर्गत न्यूनतम शुल्कमा होमस्टे सुविधा तथा निश्चित गाड़ी भाडा निर्धारित रहेको पनि उनले जानकारी दिए।

कार्यक्रमको आयोजना राज्य पर्यटन तथा नागरिक उड्डयन विभागले रणभूमि दर्शन पहल अन्तर्गत गरेको थियो। यस उद्घाटनसँगै सम्बन्धित निकायहरूको समन्वयमा चो-ला र डोक-ला पासतर्फ विनियमित पर्यटन गतिविधि औपचारिक रूपमा शुरु भएको छ।

यस अवसरमा पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री टीटी भोटिया, विधायक सुदेश सुब्बा, विधायक तेन्जिङ नर्बु लाम्था, सिक्किम पर्यटन विकास निगम (एसटीडीसी) का सल्लाहकार लुकेन्द्र रसाइली, पर्यटन तथा नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव सीएस राव र सेनाका अधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

रानीगञ्जका विधायक तापस ब्यानर्जीले डीआरएमसित गरे शिष्टाचार भेट
शिवसागर पुग्यो ‘भारत जोड़ो न्याय यात्रा’, न्याय मागिरहेकी अंकितासॅंग राहुले भेट गरेनन्
‘मान्था’- को प्रभावले बंगालका दक्षिणी जिल्लाहरूमा वर्षा
नाइट सुपर बसमा गइरहेका सात किशोरीलाई तस्करहरूको चंगुलबाट बचाइयो
रंगिया रेलवे जंक्शनमा जाँच अवधि भारी मात्रामा गाँजा जफ्त

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article राष्ट्रपतिले राज कुमार गोयललाई मुख्य सूचना आयुक्तको रूपमा शपथ दिलाइन्
Next Article अटल बिहारी वाजपेयीले पाएका थिए संघका तीन सरसंघचालकहरूको समर्थन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?