पूर्वी सिंहभूम, 26 नोभेम्बर (हि.स.)। जमशेदपुर पश्चिमीका विधायक सरयू रायले भनेका छन्, झारखण्ड सरकारको सामान्य प्रशासन विभाग शिथिलताको शिकार भएको छ। यसको प्रतिकूल प्रभाव मुख्यालयदेखि प्रखण्ड स्तरको प्रशासनिक दक्षतामाथि परिरहेको छ। पूर्वी सिंहभूम जिल्ला प्रशा झन् यसको सर्वाधिक शिकार भएको छ।
बुधवार जारी प्रेस विज्ञप्तिमा भनले भने, एकातिर विभिन्न जिल्लाहरू तथा सरकारका विभिन्न विभागहरूमा ठूलो संख्यामा अति आवश्यकको रूपमा चिन्हित पदहरू रिक्त छन्। एकजना अधिकारी एकभन्दा अधिक विभागहरूका प्रभारमा छन् भने अर्कोतिर 80 जनाभन्दा अधिक डेपुटी कलेक्टर स्तरका अनुभवी पदाधिकारीहरू स्थानान्तरण पश्चात लामो समयदेखिको पदस्थापनाको प्रतीक्षामा मुख्यालयमा निष्क्रिय बसेका छन्। धेर-थोर यस्तै स्थिति नवपदोन्नत भारतीय प्रशासनिक सेवाका युवा अधिकारीहरूको पदस्थापनाको पनि रहेको छ।
सरयू रायले भने, जिल्लामा सिभिल एसडीओ जस्तो महत्वपूर्ण प्रशासनिक पद खाली छ जबकि योग्य पदाधिकारी पदस्थापनाको प्रतीक्षामा बसेका छन् ।उपविकास आयुक्त जस्तो अति आवश्यक प्रशासनिक पद पनि महिनौंसम्म रिक्त रहेपछि मात्र कुनै सक्षम अधिकारीको पदस्थापना हुन्छ।
उनले भने, पूर्वी सिंहभूम जिल्लाको मुख्यालय जमशेदपुरमा एसडीओ धालभूमको पद धेरै महिनादेखिको खाली छ। यो महत्वपूर्ण प्रशासनिक पद लामो समयदेखिकै प्रभारमा चलिरहेको छ। परिणामस्वरूप जनहितका अति आवश्यक निर्णय थाँतीमा रहेको छ। पूर्वमा लिइएका निर्णयहरूको क्रियान्वयन शिथिव भएको छ। आम मानिसहरू आफ्नो समस्या समाधानको लागि प्रतिक्षारत् छन् कि कहिले पूर्णकालिक सिभिल एसडीओको पदस्थापना हुनेछ र उनीहरूको समस्या समाधान हुनेछ।
उनले मुख्यमन्त्रीसित माग गरे, जमशेदपुर मुख्यालयमा धालभूम पूर्णकालिक सिभिल एसडीओको पदस्थापना शीघ्र गरियोस्। यसको लागि आफू अधिनस्थ सरकारको सामान्य प्रशासनिक विभागलाई सक्रिय बनाइयोस् तथा आवश्यक निर्देश दिइयोस्। साथै पदस्थापनको प्रतीक्षामा मुख्यालयमा निष्क्रिय बसेका उपविकास आयुक्त स्तरका दर्जनौं पदाधिकारीहरूको पदस्थापना पनि उनीहरूको लागि चिन्हित रिक्त पदमा शीघ्र गरियोस् ताकि मुख्यालयदेखि प्रखण्ड स्तरमा सामान्य प्रशासनको गतिशीलता बढ़ोस् अनि काम चलाभ प्रशासनिक व्यवस्थामाथि विराम लागोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
