• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > International > ट्रम्पले भने– इजरायल र हमासले माने कुरा, गाजामा शान्तिका लागि तयार, दुवैले प्रस्तावमा हस्ताक्षर गरे
International

ट्रम्पले भने– इजरायल र हमासले माने कुरा, गाजामा शान्तिका लागि तयार, दुवैले प्रस्तावमा हस्ताक्षर गरे

CliQ INDIA
Last updated: October 9, 2025 10:16 am
CliQ INDIA
Share
2 Min Read
SHARE

वाशिङ्टन, ०९ अक्टोबर (हि.स.)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज केही समयअघि घोषणा गर्दै भने, इजरायल र हमास अब उनको गाजा शान्ति योजना स्वीकार गर्न तयार भएका छन्। दुवैले उनको २० बुँदे योजनामा सहमति जनाएका छन्। युद्धविरामको पहिलो चरणका लागि दुवैले प्रस्तावमा हस्ताक्षर गरिसकेका छन्। अनुमान अनुसार, बन्दकहरूको रिहाइ सोमबारदेखि सुरु हुनेछ।

उल्लेखनीय छ, मिस्रको शर्म-अल-शेख शहरमा इजरायल र हमासबीच गाजा युद्ध अन्त्य गर्न परोक्ष वार्ता जारी छ। हमासले बन्दकहरू र प्यालेस्टिनी कैदीहरूको आदान–प्रदान सूची पनि बुझाएको छ।

सीएनएनको रिपोर्ट अनुसार, ट्रम्पले यो घोषणा गर्नु अघि स्टेट डाइनिङ रुमबाट बाहिरिएर ओभल अफिसमा फोनमार्फत वार्ता गरेका थिए। त्यसअघि उनले स्टीभ विटकफ र आफ्ना ज्वाइँ जेरेड कुशनरसँग छलफल गरेका थिए। केही बेरपछि उनले इजरायल–हमास वार्ताको प्रगतिबारे विवरण आफ्नै ट्रुथ सोशल प्लेटफर्ममा साझा गरे।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार, अमेरिकाको अनुमान छ कि बन्दकहरूको रिहाइ सोमबारदेखि सुरु हुनेछ। सो अधिकारीले भने, बिहिबार इजरायली क्याबिनेटका समक्ष यस सम्झौता प्रस्ताव पेश गरिनेछ, त्यसपछि युद्धविराम योजना कार्यान्वयनमा आउनेछ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेंजामिन नेतन्याहूले ट्रम्पलाई उनका प्रयासका लागि धन्यवाद दिए र उनलाई इजरायली संसद ‘नेसेट’ मा सम्बोधन गर्न निमन्त्रणा गरे। प्रधानमन्त्री कार्यालयका अनुसार, ट्रम्पले नेतन्याहूलाई उनको नेतृत्व र पहलका लागि बधाई दिएका छन्।

युद्धविरामसम्बन्धी यो समाचार जंगलमा आगोझैँ फैलिएको छ। बन्दकहरूका परिवारहरूले खुसी व्यक्त गरेका छन्। बन्दक गली र जिभ बर्मनका भाइ लिरन बर्मनले सम्झौतापछि एक्समा लेखे, “म साँच्चै धेरै खुसी छु, म आफ्ना प्रियजनहरूलाई जल्द भेट्न चाहन्छु।”

इजरायली रक्षा सेनाका सैनिक इतेय चेन (जिनको शव हाल हमासको कब्जामा छ) का पिता रूबी चेनले सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्प र अमेरिकी वार्ता टोलीका सदस्यहरूलाई आभार व्यक्त गरेका छन्।

इजरायल सरकारका प्रवक्ताका अनुसार, प्रधानमन्त्री नेतन्याहूले बिहीबार क्याबिनेट बैठकमा सम्पूर्ण विवरण प्रस्तुत गर्नेछन्। उनले यस दिनलाई इजरायलका लागि ‘महान दिन’ भनेका छन्।

उल्लेखनीय छ, इजरायली कानुन अनुसार, कुनै पनि बन्दक सम्झौताअन्तर्गत प्यालेस्टिनी कैदीहरूको रिहाइको निर्णय गर्नुअघि क्याबिनेटको अनुमोदन आवश्यक हुन्छ। यदि क्याबिनेटले यस प्रस्तावका पक्षमा मतदान गर्छ भने, उक्त निर्णयविरुद्ध इजरायलको सर्वोच्च अदालतमा चुनौती दिन सानो अवधि प्रदान गरिन्छ। त्यसपछि मात्र सरकार बन्दकहरूको रिहाइका लागि अघि बढ्न सक्छ।

————–

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

संकटमा सरकारको राहत: एलपी ग्यास आपूर्ति बढ्यो, सरकारी कोटामा वृद्धि।
डोनाल्ड ट्रम्पले सिरियाली राष्ट्रपतिलाई सिग्नेचर कोलोन पठाए, भाइरल नोटले विश्वव्यापी ध्यान खिचेको छ
अमेरिकी अभिनेत्री सुजैन सोमर्सको निधन
इरानको मिसाइल शक्ति कायमै, अमेरिका-इजरायलको आक्रमणले सैन्य प्रभावमाथि प्रश्नचिन्ह
ठूलो दुर्घटनाः मालीमा सूनको खानी ध्वस्त हुॅंदा 70 भन्दा धेरैले गुमाए ज्यान

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article गोबरडांगामा रेल लाइन बीचमा भेटियो युवकको रगताम्मे शव
Next Article आपतकालमा प्रेसको आवाज दबाइयो, नागरिक अधिकारहरूको हनन भयो : उपमुख्यमन्त्री ब्रजेश पाठक
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?