• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > डुवर्सका दुई भाषा-सङ्ग्रामी जीटीएद्वारा सम्मानित हुने
Regional

डुवर्सका दुई भाषा-सङ्ग्रामी जीटीएद्वारा सम्मानित हुने

CliQ INDIA
Last updated: August 24, 2025 10:11 am
CliQ INDIA
Share
7 Min Read
SHARE
डुवर्सका दुई भाषा-सङ्ग्रामी जीटीएद्वारा सम्मानित हुने

– जेबी छेत्री र इन्द्रबहादुर गुरुङ (मरणोप्रान्त)-लाई नागरिक सम्मान

बाग्राकोट, 23 अगस्त (हि.स.)। डुवर्सका दुई वरिष्ठ भाषा-सङ्ग्रामीलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-ले नागरिक सम्मान जनाउने भएको छ। बाग्राकोट निवासी वरिष्ठ भाषा-सङ्ग्रामी जेबी छेत्रीलाई जीटीएद्वारा यो सम्मान प्राप्त हुँदैछ भने डुवर्सबाट भाषा आन्दोलनमा केन्द्रिय नेतृत्त्वमण्डलीसम्म पुगेका इन्द्रबहादुर गुरुङलाई मरणोपरान्त भाषा-सङ्ग्रामीका रूपमा नागरिक सम्मान गरिने गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सांस्कृतिक विभागद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ।

विभागका गोरुबथान महकुमा जनसम्पर्क अधिकारी वीरेन गुरुङले आज छेत्रीलाई र गुरुङका परिवारलाई आधिकारिक रूपमा पत्र पनि सुम्पेका छन्। आगामी २६ अगस्तको दिन गैरीवास सार्वजनिक भवनमा एक भव्य समारोहबीच यो सम्मान प्रदान गरिनेछ। यसै अवसरमा रोङ्गो क्षेत्रका वरिष्ठ भाषा-सङ्ग्रामी भूपेन्द्र कुमार छेत्रीलाई पनि जीटीएले नागरिक सम्मान जनाउँदैछ।

सम्मान-समारोहमा विभागीय अधिकारी, सभासद्गण अनि जीटीए सांस्कृतिक विभागका प्रभारी सभासद् एनोस थापाको विशेष उपस्थिति रहने थाहा लागेको छ। जीटीएले विभिन्न ठाउँमा निबन्ध प्रतियोगिता, वकृत्त्वकला प्रतियोगिता, भाषा-सङ्ग्रामीहरूलाई स्थानीय तहमै सम्मान जस्ता विविध कार्यक्रमका साथ महिनाव्यापी भाषा-दिवस कार्यक्रम आयोजन गरिरहेको छ, जसको समापन आगामी ३१ अगस्तको दिन दार्जीलिङमा हुनेछ।

पश्चिम डुवर्सको बाग्राकोटमा ७ दिसम्बर, १९५२ मा जन्मिएका जेबी छेत्री उर्फ जङ्गबहादुर छेत्री डुवर्सका पुराना भाषा-सङ्ग्रामीहरूमध्ये एक हुन्। लगभग ४० वर्षसम्म प्राथमिक पाठशालामा शिक्षकता गरेर अवकाशकालीन जीवन बिताइरहेका छेत्री आजपर्यन्त सामाजिक, बौद्धिक र जातीय उत्थानमूलक गतिविधिहरूमा सक्रिय छन्। छेत्रीले सत्तरको दशकका प्रारम्भिक वर्षहरूबाटै भाषा मान्यताको आन्दोलनमा सहभागिता जनाएका थिए।

३१ जनवरी, १९७२ मा दार्जीलिङमा ‘नेपाली भाषा समिति’ (पछि ‘अखिल भारतीय नेपाली भाषा समिति’)-को गठन भएपछि यसका शाखाहरू भारतभरि खोल्ने उद्यम चल्यो। यसको लगत्तैपछि अप्रेल, १९७२ मा डुवर्सको बाग्राकोटमा सुखमन मोक्तानको नेतृत्वमा यसको एउटा शाखा गठन भयो, जसमा जे.बी. छेत्री पनि सदस्यका रूपमा चुनिए। नेतृत्वमा थिए-सुखमन मोक्तान, गणेश तिम्सिना र अम्बर कुमाई। उनीहरूले डुवर्सका विभिन्न चिया कमान, गाउँबस्ती र बजारहरूमा भाषा मान्यताको सचेतनामूलक अभियान चलाएका थिए।

त्यसको एक वर्षपछि १९७३ को फरवरी अन्तिम सातामा ओदलाबारीले स्थानीय कनोइ विद्या निकेतन (अहिलेको हिन्दी हाई स्कूल)-मा डुवर्सव्यापी ‘अभिवर्तन’ कार्यक्रमको आयोजन गरेको थियो, जसको आयोजनामा मिनबहादुर गुरुङ र गणेश तिम्सिनाले महत्त्वपूर्ण भूमिका निभाए। यस अभिवर्तनलाई सफल पार्न जेबी छेत्री पनि बाग्राकोटबाट एक योद्धाको रूपमा सक्रिय बने। ओदलाबारी अभिवर्तनमा दार्जीलिङबाट भाषा समितिका मूल सचिव प्रेमकुमार आले र अन्य सदस्यहरू प्रमुख रूपले उपस्थित थिए।

त्यसताक डुवर्समा सुखमन मोक्तानसँग पश्चिम डुवर्सबाट भाषा-सङ्ग्रामीहरूको एउटा बलियो टिम थियो, जसमा जे.बी. छेत्री, गणेश तिम्सिना आदि सक्रिय थिए। १६ र १७ फरवरी, १९७४ मा असमको डिब्रुगढ़मा भएको भाषा अभिवर्तनमा सुखमन मोक्तानको नेतृत्वमा जे.बी. छेत्रीसहित एक दर्जनभन्दा बढ़ी युवाहरूले सहभागिता जनाएका थिए। डिब्रुगढ़को यो ‘अभिवर्तन’-लाई भाषा-सङ्ग्रामको इतिहासमा महत्त्वपूर्ण अध्याय मानिन्छ।

यसरी नै १५ र १६ अप्रेल, १९७८ मा दार्जीलिङको म्युनिसिपल हाई स्कूलमा अखिल भारतीय नेपाली भाषा समितिको दोस्रो अधिवेशन भएको थियो, जहाँ सुखमन मोक्तान र जे.बी. छेत्रीले डुवर्सलाई प्रतिनिधित्व गरेका थिए। जनवरी, १९७८ मा दिल्लीको कन्स्टीट्यूशन क्लबमा आयोजित राष्ट्रिय भाषा सङ्गोष्ठीमा सुखमन मोक्तानसँगै डुवर्सबाट जेबी छेत्री, गणेश तिम्सिना र इन्द्रबहादुर गुरुङ भाषा समितिबाट डुवर्सका प्रतिनिधि छनौट भई दिल्ली पुगेका थिए।

१२ दिसम्बर, १९७८ मा बिट्टल भाइ पटेल हाउस दिल्लीमा आयोजित राष्ट्रिय सेमिनारमा डुवर्सबाट सुखमन मोक्तानको नेतृत्वमा जे.बी.छेत्री, गणेश तिम्सिना, लेखराज थापा, शोभाकुमार छेत्री, ललित न्यासुर, काजीमान गोले र इन्द्रबहादुर गुरुङले सहभागिता जनाएका थिए। १९७९ मध्य दिसम्बरतिर डुवर्सबाट दिल्लीको बिट्टलभाइ हाउसमा आयोजित राष्ट्रिय सङ्गोष्ठीमा भाग लिन गएको डुवर्सेली प्रतिनिधि टोलीले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीसँग भेट गरेर नेपाली भाषाको सङ्घर्षमा साथ दिन आग्रह गरेको थियो।

सुखमन मोक्तानको नेतृत्वमा गएको टोलीमा जे.बी. छेत्री, गणेश तिम्सिना, मणिकुमार विश्वकर्मा सम्मिलित थिए। १२ जून, १९७८ मा डुवर्सको वीरपाड़ा गुम्बा प्राङ्गणमा अखिल भारतीय नेपाली भाषा समितिको डुवर्स शाखा (जलपाइगढ़ी जिल्ला कमिटी) गठन हुँदा जे.बी. छेत्रीको पनि उपस्थिति र सदस्यता रहेको जानकारी पाइएको छ।

१९८० मा अखिल भारतीय नेपाली भाषा समितिको दार्जीलिङमा आयोजित तेस्रो अधिवेशनमा केन्द्रिय समितिले २ अक्टोबर, १९८१ देखि देशका विभिन्न राजधानीहरूमा एकैसाथ तीनदिने भोक हड़ताल गरेर आन्दोलनलाई गति दिने निर्णय लियो। यसै क्रममा पश्चिम बङ्गालको राजधानी कोलकातामा ७२ घण्टाव्यापी रिले अनशन भएको थियो, जसमा डुवर्सबाट सुखमन मोक्तान, जे.बी. छेत्री, नेत्र खड्का, मोहन शर्मा, बाबुराम भट्टराई, राजु सिंह, इन्द्रबहादुर छेत्री, इन्द्रबहादुर गुरुङ आदिले सहभागिता जनाएका थिए।

भाषा सङ्ग्रामका इतिहासलेखन तथा सन्दर्भहरू उल्लेख गर्ने क्रममा इतिहासलेखकहरू सुवास सोताङ (भाषा आन्दोलन: इतिहास र उपलब्धि), निर्मल शर्मा (टिस्टा-सुनकोशको गढ़तिर/बाग्राकोट:इतिहासका केही पृष्ठहरूबाट), इन्द्रबहादुर गुरुङ (संस्मरण: एक संस्मरण) आदिले जेबी छेत्रीलाई डुवर्सका प्रमुख भाषा-सङ्ग्रामीहरूका सूचीमा सूचीकृत गरेका छन्।

यसैगरी, जीटीएले एक विशिष्ट भाषा-सङ्ग्रामीका रूपमा मरणोप्रान्त सम्मान गर्न लागेका इन्द्रबहादुर गुरुङले राष्ट्रिय स्तरमा डुवर्सलाई प्रतिनिधित्व गरेका थिए। १९७८ मा डुवर्सको वीरपाड़ामा अखिल भारतीय नेपाली भाषा समितिको जलपाइगढ़ी जिल्ला (डुवर्स) शाखा गठन हुँदा इन्द्रबहादुर गुरुङ सचिव चुनिए, जुन सभामा समितिका अध्यक्ष इन्द्रबहादुर राई र मूलसचिव प्रेमकुमार आलेको विशेष उपस्थिति रहेको थियो।

भाषा मान्यताको संघर्षलाई डुवर्सका गाउँ-वस्तीसम्म पुऱ्याउने कार्यमा इन्द्रबहादुर गुरुङ अहोरात्र खटिएका थिए। १९८४ मा जयगाउँमा भाषा समितिको पाँचौँ अधिवेशन आयोजन गर्नमा इन्द्रबहादुर गुरुङले महत्त्वपूर्ण भूमिका निभाए। भाषा समितिको केन्द्रिय कमिटीद्वारा आयोजित दिल्ली, देहरादुन, कलकत्ता, असम, सिक्किमलगायतका कार्यक्रममा इन्द्रबहादुर गुरुङ प्राय: पुग्दथे। ११ दिसम्बर, १९७७ को राष्ट्रिय प्रतिवादमा सहभागी हुँदै डुवर्स नेपाली साहित्य विकास समितिमार्फत कालचिनी थानामा स्मारक-पत्र चढ़ाउने आठ सदस्यीय प्रतिनिधिमण्डलमा गुरुङ पनि एक थिए।

१९७४ को ऐतिहासिक उदलगुड़ी सम्मेलन, १९७८ मा दार्जीलिङमा आयोजित भाषा समितिको द्वितीय अधिवेशन , १९७८ को दिल्ली सभा, १९८४ को दिल्ली भोक हड़ताल, १९८४ को डुवर्सको पदयात्रा, १९८६ को असमको निकासीमा सम्पन्न भाषा समितिको छैटौँ अधिवेशन आदिमा इन्द्रबहादुर गुरुङले सक्रियतापूर्वक भाग लिएका थिए। यही निरन्तरताले उनलाई १९९० मा गान्तोकमा नरबहादुर भण्डारीको नेतृत्वमा गठित भारतीय नेपाली राष्ट्रिय परिषद् (भानेराप)-को ५१ सदस्यीय केन्द्रिय समितिमा सदस्यका रूपमा स्थान दिलायो। फरवरी, १९९० मा कालचिनीमा भानेरापको राष्ट्रिय परिषद्को दुई सदस्यीय विराट् सम्मेलन आयोजन गर्न इन्द्रबहादुर गुरुङले नेतृत्त्वदायी भूमिका निभाए।

रोङ्गोका भूपेन्द्र कुमार छेत्रीले भाषा-आन्दोलनमा नेपाली भाषा संघर्ष समितिका क्षेत्रीय संयोजक भएर उल्लेखनीय कार्य गरेको जानकारी पाइएको छ। डुवर्सेली भाषा-सङ्ग्रामीहरूलाई वर्षेनि सम्मान जनाउने परम्पराको थालनी गरेर जीटीएले सराहनीय कार्य गरेको डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रविन खवासले मन्तव्य गरेका छन्। जीटीएको यो प्रयासले गोर्खा जातीय एकताको भावनालाई बल प्राप्त हुने उनको विश्वास थियो।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

मणिपुरः विभिन्न उग्रवादी संगठनहरूसित जड़ित चार सक्रिय क्याडर पक्राउ
सामाजिक कार्यकर्ता सुन्दर बस्नेत र अधिवक्ता मन बहादुर कार्की भाजपामा सामेल
स्वास्थ्य मन्त्री ढुङ्गेलले दिए ‘इन्टरनेशनल प्यारामेडिक्स डे’ को बधाई | BulletsIn
लभ जिहादकी शिकार किशोरीलाई रंगियाबाट उद्धार गरियो, आरोपी पक्राउ
मणिपुरमा ठूलो संख्यामा हतियारहरू जफत | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article अनिल अम्बानीको घरमा ईडीपछि अब सीबीआईको छापा
Next Article श्रीलंकाका पूर्व राष्ट्रपति रानिल विक्रमसिंघेको स्वास्थ्य बिग्रियो, अस्पतालमा भर्ती
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?